प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा राई सहित ९ जना कार्य समितिमा चयन
दक्षिण कोरिया/ नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार सौलमा भएको ओएनएफ दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशने राई सहित ९ जनालाई कार्य समितिमा सर्वसम्मत चयन गरेका हुन् ।
कार्य समितिको उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई , उपसचिवमा मणिराम गौतम,र सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई सर्वसम्मत चयन गरेको हो ।
यसै गरी प्रवासी नेपाली मञ्चका अध्यक्ष सिर्जना नेपालीको सभाअध्यक्षता र नेकपा एमाले सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वी एशिया र ओसियाना इञ्चार्ज डाक्टर सूर्य पाठक , प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्...


