वाईसीएल मकवानपुरद्वारा बकैया गाउँपालिकामा भलिबल ग्राउन्ड निर्माणमा श्रमदान
हेटौंडा/ “श्रम तथा उत्पादनमा वाईसीएल” भन्ने मूल नाराका साथ वाईसीएल नेपाल मकवानपुरले श्रमदान कार्यक्रम सञ्चालन गरेको छ । वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा सञ्चालित दुई महिनाको श्रम अभियान अन्तर्गत मकवानपुरमा यो अभियान अघि बढाइएको हो ।
कार्यक्रम अन्तर्गत बकैया गाउँपालिका–८ स्थित ‘सहित स्मृति भलिबल ग्राउन्ड’ निर्माणका लागि श्रमदान गरिएको हो । ग्राउन्ड निर्माण कार्यमा वाईसीएलका सदस्यहरूसहित पार्टी पदाधिकारी, स्थानीय जनप्रतिनिधि र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । श्रमदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य तथा मकवानपुर जिल्ला फ्याक्सन इन्चार्ज सुमन पाख्रिन, वाईसीएल नेपाल केन्द्रीय सदस्यहरू कमल अर्याल र दिपेन्द्र अधिकारी, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, पार्टीका गाउँ कमिटी अध्यक्ष बिमल नेपाल, वाईसीएल नेपाल बाग्मती प्रदेश सह–सचिव विष...


