मनहरी गाउँपालिकामा लैङ्गिक नीति र कार्यविधिको अध्ययन- प्रमुख चुनौती र सुधारका सुझाव

Advertisement

हेटौंडा/ महिला उत्थान समाज मकवानपुरले मनहरी गाउँपालिकामा ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिता सम्बन्धी नीति, रणनीति, निर्देशिका तथा कार्यविधि २०८१’ को अध्ययन तथा विश्लेषणमा छलफल गरिएको छ ।

बुधबार मनहरी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्वतन्त्र परामर्शदातासरिता दाहालले विस्तृत अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दाहालका अनुसार, अध्ययनको उद्देश्य गाउँपालिकाले हालसम्म महिलाको आर्थिक सशक्तिकरण, लैङ्गिक हिंसा रोकथाम, सामाजिक न्याय लगायतका क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नु हो। साथै, कार्यान्वयनमा देखिएका अप्ठ्यारा र कठिनाइको विश्लेषण गर्दै आगामी दिनका लागि स्पष्ट सुझाव दिनु पनि अध्ययनको अभिप्राय रहेको बताईएको छ । उनले प्रस्तुत प्रतिवेदनमा तीनवटा अध्ययन विधि प्रयोग गरिएको जानकारी दिइन् । पहिलो, दस्तावेज समीक्षा, जसअन्तर्गत विगत तीन वर्षका कार्यक्रम तथा बजेट, लैङ्गिक हिंसा निवारण कोष, सुरक्षित आवाससम्बन्धी मार्गदर्शनलगायत विभिन्न नीतिगत कागजातहरूको विश्लेषण गरिएको थियो । दोस्रो, ग्याप विश्लेषण, जसमा नीतिगत प्रावधान र व्यवहारिक कार्यान्वयनबीचको अन्तर, स्रोत व्यवस्थापनको अवस्था, तथा समन्वय अभावको मूल्यांकन गरिएको छ । तेस्रो, सरोकारवालाहरूको राय संकलन, जसबाट नीतिको प्रभावकारिता र सुधारका सम्भाव्य क्षेत्रहरूको पहिचान गरिएको छ ।

प्रतिवेदन अनुसार, गाउँपालिकामा लैङ्गिक समानतासम्बन्धी नीतिहरू रहे पनि लैङ्गिक बजेटको न्यून विनियोजन, निष्क्रिय व्यवस्थापन समिति, स्रोतको कमजोर उपयोग, अनुगमन प्रणालीको अभाव लगायत समस्याहरू विद्यमान रहेको छन् । सुरक्षित आवास तथा लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा कार्यान्वयनमा नआएको भन्दै अध्ययनमा तत्काल सुधारको आवश्यकता औँल्याइएको छ । मनहरी गाउँपालिकाकी उपाध्यक्षले प्रतिवेदनको विश्लेषणलाई गम्भीर रूपमा लिँदै, नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत संयन्त्रहरू सुदृढ गर्ने प्रतिबद्धता जनाइन् । उनी “लैङ्गिक समानता र समावेशीताको सुनिश्चितताका लागि कोष व्यवस्थापन समिति पुनर्गठन, अनुगमन प्रणाली सुदृढीकरण जस्ता विषयलाई प्राथमिकतामा राख्ने बताइन् । उनले आगामी आवधिक योजना तथा बजेट निर्माणमा अध्ययन प्रतिवेदनमा समेटिएका विषयहरूलाई प्राथमिकताका साथ समावेश गरिने स्पष्ट प्रतिबद्धता जनाइन् । महिला उत्थान समाज मकवानपुरले प्रतिवेदनका आधारमा नीति कार्यान्वयन सुधार, स्रोतको प्रभावकारी व्यवस्थापन, तथा सबै तहका संयन्त्रलाई सक्रिय बनाउनेतर्फ आवश्यक कदम चाल्नुपर्ने सुझावसहित सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की सं...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, नि...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"