हेटौंडा/ सेलो जगतको लोकप्रिय गायक प्रकाश तामाङ तितुङ्ग र गायिका सुमिना लो को आवाजमा रहेको ‘नक्कली कान्छी’ बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको संगीतमा तयार भएको उक्त गीतमा कुमार स्याङबाको शब्द रचना रहको छ । गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका हुन् भने दिपेश प्रधानले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोलाई प्रकाश तामाङ तितुङ्गको आधिकारिक युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मोडल समिर तामाङ , रस्मिला तामाङको अभिनय रहेका छन् भने भिडियोलाई युद्ध लामाले निर्देशन गरेका हुन् । भिडियोलाई दुर्गा श्रेष्ठले छायाङ्कन गर्नुका साथै अनिल विष्टले सम्पादन गरेका छन्।





























