मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

Advertisement

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम बढेपछि सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

जमिन चिरिने र धसिने क्रम तीव्र बनेपछि जिल्ला सुरक्षा समिति मकवानपुरले मंगलबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र सञ्चारकर्मी सहितको टोलीले बकैया–६ को ठूलो ज्यामिरे, मोरङढाप र ओढारखोला लगायतका जोखिमयुक्त क्षेत्रको अनुगमन गरेको हो ।

वडा नम्बर ६ कै ठूलो सुधाबाट करिब तीन घण्टाको पैदल यात्रापछि मात्र पुगिने सो दुर्गम क्षेत्रको करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा जमिन फाट्ने र भासिने समस्या देखिएको छ । कतिपय स्थानमा सडकभन्दा माथिल्लो भागको जमिन करिब १२ फिटसम्म धसिएको स्थलगत निरीक्षणका क्रममा पाइएको छ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भत्ता बहादुर खत्रीका अनुसार जमिन भासिने क्रम बढेपछि हालसम्म १५ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। सो क्षेत्रका करिब ८० देखि ८५ घरपरिवार उच्च जोखिममा रहेका छन् । जमिन धसिने क्रम नरोकिएपछि प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई तत्कालका लागि नजिकै रहेको शक्खेश्वरी प्राथमिक विद्यालयमा स्थानान्तरण गरेको छ।

स्थानीयका अनुसार गत असोज ११ गतेदेखि जमिन फाट्ने र भासिने क्रम थप तीव्र भएको हो। यसअघि पनि वि.सं। २०५८ र २०६३ सालमा सो क्षेत्रमा जमिन चिरिएको भए तापनि यसपटक विगतको तुलनामा ठूला र गहिरा चिरा परेका छन् । कतिपय स्थानमा जमिनको भाग सरेको र भित्री भागबाट अनौठो आवाज समेत सुनिने गरेको स्थानीयले बताएका छन् ।

जमिन भासिने क्रम अझै जारी रहेकाले प्रभावित क्षेत्रको अवस्थाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयलाई जानकारी गराइसकिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।  उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र रातको समयमा घरमा नलग्न अनुरोध गरेका छन्। लगातारको वर्षाका कारण विपद् बढेकाले सो क्षेत्रको थप भौगर्भिक तथा प्राविधिक अध्ययन आवश्यक रहेको प्रशासनले जनाएको छ ।

निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल नेपाल नं। १४ गण हेटौँडा, गोरखबक्स गण सुपारेटार, जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"