Day: २ घण्टा अगाडि

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता तथा समाजसेवी विशाल राज महतले रु. ३० हजार बराबरको जस्ता सहयोग गरेका छन्। गत भदौ १७ गते भएको आगलागीबाट कठायतको घरमा रु। २५ लाखभन्दा बढीको क्षति भएको थियो। आगलागीबाट प्रभावित परिवारलाई राहतस्वरूप महतको नेतृत्वमा ५ बण्डल जस्ता सहयोग गरिएको हो । दुःखको समयमा पीडित परिवारलाई घर पुनःनिर्माण तथा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जस्ता प्रदान गरिएको बताइएको छ । पीडित परिवारले विपद्को समयमा सहयोग तथा साथ प्रदान गरेकोमा महतसहित सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम बढेपछि सिङ्गो बस्ती नै जोखिममा परेको छ । जमिन चिरिने र धसिने क्रम तीव्र बनेपछि जिल्ला सुरक्षा समिति मकवानपुरले मंगलबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र सञ्चारकर्मी सहितको टोलीले बकैया–६ को ठूलो ज्यामिरे, मोरङढाप र ओढारखोला लगायतका जोखिमयुक्त क्षेत्रको अनुगमन गरेको हो । वडा नम्बर ६ कै ठूलो सुधाबाट करिब तीन घण्टाको पैदल यात्रापछि मात्र पुगिने सो दुर्गम क्षेत्रको करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा जमिन फाट्ने र भासिने समस्या देखिएको छ । कतिपय स्थानमा सडकभन्दा माथिल्लो भागको जमिन करिब १२ फिटसम्म धसिएको स्थलगत निरीक्षणका क्रममा पाइएको छ । ब...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"