फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते
मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
गयराति करिब ९ः४५ बजे सुरुङभित्र प्रयोग हुने रिबिट (सुरुङ खन्ने क्रममा माथिबाट ढुंगा वा माटो नखसोस् भनेर राखिने फलामे सपोर्ट ) खसेर लाग्दा बर्दियाका अन्दाजी ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते मकवानपुरको थाहा नगरपालिका–५ सानोपाखाका २२ वर्षीय सन्तोष बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक चौधरीको शव सरकारी अस्पताल हेटौंडा ल्याउने तयारी भइरहेको छ ।...








