Breaking News 2

राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेश स्तरीय तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघकी सचिव देवी माया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमि शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट देवी माया लिम्बु देवानको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन प्रक्रिया अधिवक्ता कौशिला राईको नेतृत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो । नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा देवी माया लिम्बु देवान चयन भएकी छन् । उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सह–सचिवमा सान माया गुरुङ तथा कोषाध्यक्षमा राधा कारन्जीत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् । अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामा...
श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

Breaking News 2, प्रमुख समाचार, शिक्षा, समाचार
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयमा ४३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता तथा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समिति पुनः वाईवाको नेतृत्वमा ७ सदस्यीय सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क प्रतिवेदनमा विद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त तथ्याङ्कअनुसार ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी...
‘रानी’ तामाङ पप गीत  सार्वजनिक,

‘रानी’ तामाङ पप गीत सार्वजनिक,

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौडा /  ओपेरा डिजिटलको प्रस्तुतिमा तयार गरिएको नयाँ तामाङ पप गीत ‘रानी’ शुक्रवार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतका संगीतकार तुलसी गौतम, पत्रकार महासंग मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा सहित सांगीतिक क्षेत्रका कलाकार, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । गीतमा गायक विक्रम लुङ्वाको स्वर तथा अभिनय समावेश छ । भिडियोमा उनले मोडल आकाञ्छा तामाङसँग अभिनय गरेका छन् । गीतका शब्द सुरेश मोक्तानले लेखेका हुन् तुलसी गौतमले संगीत भरेका छन् । https://youtu.be/y3Q4-skvFQQ?si=cmo6FszzlFNAc-oU गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोको निर्देशन युद्ध लामाले गरेका छन् । छायांकन दुर्गा श्रेष्ठ, सम्पादन विक्रम लुङ्वा, र रंग संयोजन बिनोद बमको रहेको छ । ओपेरा डिजिटल मार्फत सार्वजनिक गरिएको ‘रानी’ गीतलाई...
हुण्डी कारोवार रोक्न दक्षिण कोरियास्थित नेपाली दूतावासको आग्रह

हुण्डी कारोवार रोक्न दक्षिण कोरियास्थित नेपाली दूतावासको आग्रह

Breaking News 2, प्रवास, समाचार
सिओल / एशिया–प्रशान्त मनी–लौन्डरिङ समूह ९एपीजी० र वित्तीय एक्शन टास्क फोर्स ९एफएटीएफ० ले नेपाललाई निगरानी बढाइएको क्षेत्राधिकार ग्रे लिस्टमा समावेश गरेपछि दक्षिण कोरियास्थित नेपाली दूतावासले विशेष सूचना जारी गर्दै विदेशमा रहेका नेपालीहरूलाई अवैध वित्तीय कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार, केही नेपालीहरू दक्षिण कोरियामा गैरकानूनी रूपमा सञ्चालन हुने वित्तीय कारोबार हुण्डी तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको सूचना प्राप्त भइरहेकाले यसले अन्तर्राष्ट्रिय रूपमा नेपाललाई थप जोखिममा पुर्‍याउन सक्ने चेतावनी दिइएको छ । नेपाल सरकारले एफएटीएफका मापदण्डअनुसार सुधारका प्रयासहरू गरिरहेको अवस्थामै यस्ता अवैध गतिविधि बढेमा नेपालमाथि नकारात्मक प्रभाव पर्न सक्ने दूतावासको भनाइ छ । दूतावासले अवैध रूपमा रेमिट्यान्स पठाउने, विदेशबा...
मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् । अघिल...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
 दक्षिण कोरिया / नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन नोभेम्बर २३ मा सौलको दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुँदैछ। महाधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । घेदुङ स्थापना कालदेखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ । महाधिवेशनका लागि नेतृत्व चयनमा रस्साकस्सी देखिएको छ । विशेष स्रोतका अनुसार हालसम्म आधा दर्जनभन्दा बढीले अध्यक्ष पदको लागि इच्छा देखाएका छन्। यसमा वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, वर्तमान महासचिव दावा फिन्जो तामाङ, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतले आफुलाई दावेदारको रूपमा प्रस्तुत गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा, अध्यक्षका दावेदारहरूले आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्...
हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा ईन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई दुई थान तिन सिटर सहयोग गरेको छ । गत भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकामा आगजनी हुँदा कार्यालयका सामग्री र संरचनामा क्षति पुगेको थियो । मंगलबार ईन्फिल्डर्सका अध्यक्ष राजक शाहिको नेतृत्वमा पुगेको टोलिले सामाग्रि हेटौंडा उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख  श्याम कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष शाहिले सहयोगले कार्यालयको कामकाज सहज हुने र समुदायमा सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्दै हेटौंडा  ईन्फिल्डर्स मकवानपुर सधै स्थानीय सरको साथमा रहेको बताउनुभयो । यस्तै जिन्सी शाखा प्रमुख श्रेष्ठले उक्त सहयोगले आगजनीका कारण भएको क्षति पूर्ति गर्न ठूलो सहयोग पुर्याउने बताउनुस भयो । कार्यक्रममा हेटौँडा ईन्फिल्डर्स मकवानपुरका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।...
आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ तारिख) सौलको दोङ्देमुन स्थित सेमावल हलमा महाधिवेशन गर्ने तयारी सबै पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिनुभएको छ । महासंघ गणतन्त्र कारिया कोरियाको नेपाली समाजमा शसक्त ढंगले कृयाशिल हुँदै प्रवासमा पनि आदिवासीहरुको पहिचान र अधिकारको वकालत गर्नुका साथै आदिवासीय सम्पत्तीहरुको प्रवद्र्धन गर्दै आइरहेको छ । ९ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि पर्यवेक्षकहरुको लगभग टुंगो लाग्नुका साथै नयाँ नेतृत्व चुन्ने सवालमा पनि सहमतिमानै अघि बढ्ने जनाएको छ । महाधिवेशन भव्य र सव्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष राईले बताए । त्यसैगरी अध्यक्ष राईले कोरियामा रहनुभएका समस्त नेपालीहरुलाई महाधिवेशनमा सहभागि भैदिनको लागि अपिल समेत गर्नुभएको छ ।...
एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा भिड्नेछन् भने दोस्रो खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली र लालीगुराँस एसोसिएन क्लब कास्की आमनेसामने हुनेछन् । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरूले आफूहरू उपाधिका बलिया दाबेदार रहेको दाबी गरेका छन् । क्लबका प्रशिक्षक र कप्तानहरूले टोलीमा राष्ट्रिय खेलाडी र स्थानीय प्रतिभाको संयोजन भएकाले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीका लागि एन्फाले उपलब्ध गराएको ७ लाख रुपैयाँ अपुग भएको सहभागी क्लबहरूको गुनासो पनि रहेको छ । तियोगिता एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुँदैछ, जसमा जिल्ला लिगका च्याम्पियन टोलीहरू प्रदेश लिग हुँदै छनोट भएर ...
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा

तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा

Breaking News 2, समाचार
काठ्माण्डौं /  कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिले जनाएको छ । आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । यसअघि हिजो काग तिहार मनाइएको थियो । यसैगरी यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"