डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

Advertisement

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्वच्छ खानेपानी पुगेको छ । व्यवस्थित वितरण प्रणाली विस्तारसँगै वर्षौँदेखि स्थानीयले भोग्दै आएको खानेपानी समस्या समाधान भएको हो ।

खानेपानीको अभावका कारण ड्राइभरडाँडा, उत्तरपानी, कालापानी र मयुरधापका बासिन्दा टाढाटाढाबाट पानी बोकेर ल्याउन बाध्य थिए। कतिपयले त पर्साको ३ नम्बर पुल क्षेत्रसम्म पुगेर दैनिक उपभोगका लागि पानी ल्याउनुपर्ने अवस्था भोगेका थिए ।

वडा अध्यक्ष दीपक खड्काका अनुसार निर्वाचित भएपछि खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राख्दै दीर्घकालीन योजना कार्यान्वयन गरिएको हो। विभिन्न खानेपानी उपभोक्ता समितिलाई एकीकृत गरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत वितरण प्रणाली सञ्चालनमा ल्याइएपछि समस्या समाधानतर्फ उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभयो ।

खानेपानी आयोजना विस्तार, नयाँ धारा जडान, पाइपलाइन विस्तार तथा जलस्रोत संरक्षणका कार्यक्रम सञ्चालन गरिएसँगै अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्वच्छ खानेपानी उपलब्ध हुन थालेको छ । खानेपानीको अभावका बेला वर्षाको पानी संकलन गर्न सरकारी तथा गैरसरकारी संस्थाले स्थानीयका घरघरमा घ्याम्पो निर्माणसमेत गरिदिएका थिए। अहिले भने घरमै सहज रूपमा खानेपानी उपलब्ध हुन थालेपछि स्थानीयको दैनिकी सहज बनेको छ । वडा कार्यालयले बाँकी रहेका बस्तीमा पनि खानेपानी पूर्वाधार विस्तार गर्दै सुरक्षित र दिगो खानेपानी सेवा सुनिश्चित गर्ने लक्ष्यका साथ कामलाई निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"