हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

Advertisement

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्वधर्म समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न र्‍यालीमा जनप्रतिनिधि, विभिन्न धर्मसँग आबद्ध संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।


हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्‍याली शहरका मुख्य सडक हुँदै हेटौंडा–२ को संगमचोकमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने विभिन्न नारासहित शान्तिपूर्ण रूपमा र्‍याली सम्पन्न गरेका थिए । सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिरहामा हालै भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले विविध धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान तथा विश्वास कायम राख्नु नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो । उहाँले सामाजिक सद्भाव जोगाउन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

सद्भाव सभामा प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"