हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्याली
हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्वधर्म समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न र्यालीमा जनप्रतिनिधि, विभिन्न धर्मसँग आबद्ध संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्याली शहरका मुख्य सडक हुँदै हेटौंडा–२ को संगमचोकमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने विभिन्न नारासहित शान्तिपूर्ण रूपमा र्याली सम्पन्न गरेका थिए । सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिरहामा हालै भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिने...