समाचार

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

Breaking News 1, प्रवास, समाचार
दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आउदो फेब्रुअरी १ तारिखको दिन “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान–२०२६” कार्यक्रम आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजना हुने उक्त कार्यक्रममा नेपालको आदिवासीय मौलिक पर्वहरुको इतिहास, मनाउने बिधि, महत्व र परम्पराको विषयमा चिनाउने कार्यहुने आयोजकले जनाएको छ । पहिपो पटक हुन लागेको उक्त कार्यक्रमलाइ चिनारी अभियानको रुपमा अघि सारिएको छ । कार्यक्रम सौलको दोङ्देमुन स्थित सेमावल हलमा हुने तय भएको छ । साथै उक्त कार्यक्रममा तामाङ रैथाने परिकारलाइ पनि प्रस्तुत गर्नुका साथै खाजाको रुपमा प्रयोग गरिने जनाएको छ । कार्यक्रममा मगर र गुरुङ समुदायको नाचलाइ पनि प्रस्तुत गरिने जनाएको छ । हरेक व...
८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

Breaking news 3, मनोरञ्जन, समाचार
मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएका छन् । बकैया गाउँपालिका–३ हात्तिसुडे स्थायी निवासी लामा हाल युएईलाई कर्मथलो बनाएर बस्दै आएका छन् । उनले हालै नयाँ गीत सार्वजनिक गरिसकेका छन्। चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा तयार गरिएको नयाँ सांगीतिक कोसेली बजारमा आइसकेको छ । सानै उमेरदेखि कला, धर्म, संस्करण र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लाग्दै आएका लामा लामो अन्तरालपछि पुनः दर्शक–श्रोतामाझ प्रस्तुत भएका हुन् । उनले आउँदो ल्होसारको अवसर पारेर आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत पूरा भएको जानकारी दिएका छन् । गायक लामाका अनुसार दर्शक तथा श्रोताका लागि छिट्टै थप नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी भइरहेको छ। उनको पुनरागमनले स्थानीय तथा तामाङ सांगीतिक क्षेत्...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

Breaking News 1, मनोरञ्जन, समाचार
मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, बागमती नगर कार्यसमिति सर्लाहीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ ६ गते भरत ताल परिसरमा सर्लाहीमा सञ्चालन हुने समितिका अध्यक्ष रोशन दोङले जानकारी दिए । कार्यक्रममा तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक फूल कुमार बोम्जन, विशाल काल्तान, सजिव घिसिङ तथा गायिकाहरू सुमिना लो र रेश्मा बज्रनको सांगीतिक प्रस्तुति रहनेछ । साथै मिस तामाङ–२०२४ रिया लामा र मोडल याङ्गी दोङको पनि उपस्थिति रहने अध्यक्ष थिङले बताए । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावे...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो । यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले...
मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ सांगीतिक क्षेत्रमा नयाँ र मौलिक सिर्जनाका रूपमा गायक मिलन दोेङको आवाजमा सजिएको गीत ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुने भएको छ । मेल्वान म्युजिकको प्रस्तुतिमा तयार भएको यस गीतले तामाङ समुदायको संस्कृति, परम्परा र मौलिक बाजागाजालाई समेट्ने प्रयास गरेको निर्देशक शुभराज भोम्जनले बताएका छन् । गीतमा शब्द तथा संगीत गायक मिलन दोङकै रहेको छ भने एरेञ्ज चन्द सिंह मिक्स तथा दिपेश प्रधान डिप स्टुडियोले गरेका छन् । गीतको रेकर्डिङ नेपाल र कोरियास्थित सुपरमिक्स स्टुडियोमा गरिएको छ । गीतको भिडियोमा शर्लिन तामाङ, शोभा तामाङ, दावा फिन्जो योञ्जन, निर तामाङ, राजकुमार स्याङ्तान, गणेश योञ्जन, मनोज तामाङ, नोर्बु लामा र धनराज ब्लोनको अभिनय रहेको छ । भिडियो छायाङ्कन अमिर योञ्जन तामाङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन सूर्य लामाले गरेका हुन् । पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनल...
राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेश स्तरीय तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघकी सचिव देवी माया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमि शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट देवी माया लिम्बु देवानको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन प्रक्रिया अधिवक्ता कौशिला राईको नेतृत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो । नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा देवी माया लिम्बु देवान चयन भएकी छन् । उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सह–सचिवमा सान माया गुरुङ तथा कोषाध्यक्षमा राधा कारन्जीत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् । अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामा...
लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  लेवट सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा–३, लेवट, मकवानपुरको आयोजनामा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज पौष ९ गते सम्पन्न भएको छ । बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दलकबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा तेजबहादुर रुम्बा, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा माया देवी पाठक पुड...
बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौडा/  बागमती प्रदेशको राजधानी हेटौडामा बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ । “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबि नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी विशेष अतिथि रहनुभएको थियो । यसैगरी प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, प्रदेश बाल अधिकार समितिका सदस्यहरू झबिन्द्र ज्ञव...
श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन

Breaking News 2, प्रमुख समाचार, शिक्षा, समाचार
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयमा ४३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता तथा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समिति पुनः वाईवाको नेतृत्वमा ७ सदस्यीय सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क प्रतिवेदनमा विद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त तथ्याङ्कअनुसार ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी...
हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीको अधिकारबारे दुईदिने तालिम सुरु

हेटौंडामा आदिवासी जनजाति महिला तथा किशोरीको अधिकारबारे दुईदिने तालिम सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा /  महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि तथा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकारसम्बन्धी आधारभूत सिफारिस संख्या ३५ सम्बन्धी दुईदिने तालिम बुधवार देखि हेटौंडामा सुरु भएको छ । राष्ट्रिय महिला जनजाति महासंघ नेपालका अध्यक्ष निमि शेर्पाको सभा अध्यक्ष तथा पुर्व मन्त्री शन्त बहादुर चेपाङको प्रमुख आतिथ्यतामा बागमती प्रदेश स्तरीय कार्यक्रम भएको हो । आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्य गर्न सिईडिएड्ब्लु अन्तर्गतका प्रावधान, राज्यको दायित्व तथा अधिकार संरक्षणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको महासंघका अध्यक्ष शेर्पाले बताउनु भएको छ । तालिममा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार, हिंसा र भेदभावका अवस्था, कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयनका विषयमा अधिवत्ता कौशिला राईले सहजि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"