समाचार

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गयराति करिब ९ः४५ बजे सुरुङभित्र प्रयोग हुने रिबिट (सुरुङ खन्ने क्रममा माथिबाट ढुंगा वा माटो नखसोस् भनेर राखिने फलामे सपोर्ट ) खसेर लाग्दा बर्दियाका अन्दाजी ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते मकवानपुरको थाहा नगरपालिका–५ सानोपाखाका २२ वर्षीय सन्तोष बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक चौधरीको शव सरकारी अस्पताल हेटौंडा ल्याउने तयारी भइरहेको छ ।...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोलस्थित तरकारी मण्डि नजिकै डेरा गरी बस्ने ४२ वर्षीया ओम कुमारी भुजेलको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको हो । प्रहरीका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल हेटौंडामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले श्रीमती ओम कुमारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो । अस्पताल पु¥याइएकी भुजेललाई चिकित्सकले बिहान ११ः०० बजे मृत घोषणा गरेका थिए । मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम सहितका गम्भीर चोटहरू देखिएको अस्पताल स्रोतले जनाएको छ।कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको ...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सकहरूका अनुसार यो सामान्य शारीरिक प्रक्रिया हो र यसको मुख्य कारण शरीरमा हुने हर्मोन परिवर्तन हो। महिनावारी चक्रको क्रममा महिलाको शरीरमा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनको मात्रा उतारचढाव भइरहन्छ। यी हर्मोन परिवर्तनका कारण शरीरले केही समय पानी र नुन बढी सञ्चित गर्न सक्छ। यही कारण पेट, कम्मर वा शरीरका अन्य भाग सुन्निएको वा फुलेजस्तो महसुस हुन सक्छ । स्त्रीरोग विशेषज्ञहरूका अनुसार महिनावारी सुरु हुनुभन्दा केही दिनअघि पाठेघरले भित्री तह तयार पारिरहेको हुन्छ । गर्भ नरहेपछि त्यो तह रगतसँगै बाहिर निस्कन्छ, जसलाई महिनावारी भनिन्छ । यही प्रक्रियाका क्रममा पाठेघरमा हल्का संकुचन हुने भएकाले तल्लो पेट भारी, दुख्ने वा फुलेको अनुभूति हुन सक्छ । चिकित्सकहरूले पाचन प्रण...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुने भएको छ। हेटौंडा इन्फिल्डर्स मकवानपुर को आयोजनामा हुने राइड भोलि आईतबार हुने आयोजकले जनाएको छ । राइडमा सहभागीहरू बिहान ७ बजे लाइट हाउस ग्रिल एन्ड बार मा भेला हुने र बिहान ८ बजे राइड सुरु गरिने इन्फिल्डर्सका अध्यक्ष राजक शाहीले जानकारी दिनुभयो । उँहाका राइडको गन्तव्य पशुपति मन्दिर तय गरिएको छ । आयोजकका अनुसार जुनसुकै कम्पनीका मोटरसाइकलले सहभागिता जनाउन सक्नेछन् । विशेषगरी क्याफे रेसर, क्लासिक बाइक, भिन्टेज मोटरसाइकल, बबर, चपर, स्क्र्याम्बलर, मोडर्न क्लासिक, रेट्रो शैलीका क्रुजर, क्लासिक स्कुटर तथा भेस्पा लगायतका मोटरसाइकलहरूलाई प्राथमिकता दिइएको छ । राइडमा सहभागी सबैलाई निःशुल्क बिहानको खाना तथा स्टिकर उपलब्ध गराइनेछ भने आकर्षक पुरस्का...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार गुरिल्ला ४५० तीन प्रकारमा उपलब्ध हुनेछ । मोटरसाइकलमा ४५२ घन सेन्टिमिटर क्षमताको एक सिलिन्डरयुक्त तरल शीतलन प्रणाली भएको इन्जिन प्रयोग गरिएको छ । यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति तथा ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलमा ६ गियर, सहायक तथा स्लिप क्लच, विद्युतीय नियन्त्रण प्रणाली, दुई प्रकारका सवारी सञ्चालन अवस्था, एलईडी बत्ती, डिजिटल सूचना प्रदर्शन प्रणाली तथा मोबाइल जडान सुविधा समावेश गरिएको छ । यसमा अगाडिको टेलिस्कोपिक सस्पेन्सन, पछाडिको मोनो–शक सस्पेन्सन तथा १७ इन्चका ट्युबलेस टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोटरसाइकलको अग्रिम बुकिङ खुला भइसकेको छ भने वितरणसमेत सुरु गरिएको छ ।...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत क्लबले आशा फाउन्डेसनलाई रु १५ हजार बराबरको पानी शुद्धिकरण उपकरण ९वाटर प्युरिफायर० तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरेको छ । त्यसैगरी, ट्राफिक सचेतना तथा सडक सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई रु १५ हजार बराबरका रिफ्लेक्टर बेल्ट हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष राजक साहीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक सचेतना अभिवृद्धि, सामाजिक सेवा तथा स्थानीय पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, हेटौंडादेखि मार्खुसम्मको सामूहिक मोटरसाइकल राइड पनि आयोजना गरिएको थियो, जसमा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।  कार्यक्रमले जि...
आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
मकवानपुर/ नेपाली संगीतको तामाङ सेलो इन्डस्ट्रीमा उदाउँदै गरेका कोरियोग्राफर, डान्सर, मोडल तथा निर्देशक आशिष लामाको नयाँ म्युजिक भिडियो ‘दारु सड्काउने’सार्वजनिक भएको छ । तामाङ सेलो इन्डस्ट्री क्षेत्रमा पछिल्लो समय सक्रिय रहेका आशिष लामाले यसअघि निर्देशन गरेका ‘ङाला स्टाइल’, ‘बब्बाल रो’, ‘माया पृति’ र ‘ब्रेकअप ताजिङाला’ जस्ता गीतमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाइसकेका छन् । ती गीतहरूले विशेषगरी युवा पुस्तामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए । सोही सफलतालाई निरन्तरता दिँदै ‘दारु सड्काउने’ मा पनि आधुनिक भिजुअल प्रस्तुत गरिएको छ । निर्देशक लामाले कोरियोग्राफी र निर्देशन दुवै पक्षमा आफ्नो क्षमता देखाएका छन् । vodeo link https://youtu.be/e7sORPbQz-g?si=DUMsDlPjKjUOcHqf भिडियोमा लामासहित मोडल याङ्गी डोङ र सृजना घिसिङको अभिनय देख्न सकिन्छ । कलाकारहरूको प्रस्तुति र नृत्य संयोजनले गीतलाई ...
श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मल्टिमिडिया, समाचार, स्थानीय तह विशेष
हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । गत चैत ४ गते आगलागीबाट निशा माया चेपाङ्गको घर पूर्ण रूपमा नष्ट भएको थियो । उक्त घटनापछि पार्टीका कार्यकर्ताले तत्काल राहतस्वरूप खाद्यान्न तथा कपडा सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन र श्रमदानमार्फत एक महिनाभित्रै घर निर्माण सम्पन्न गरिएको हो । करिब १० धुर एलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रफलमा एक तल्ले २ कोठे घर निर्माण गरिएको जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानले जानकारी दिए। घर निर्माणका लागि झण्डै ८ लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि विभिन्न व्यक्तित्व, संघसंस्था तथा कार्यकर्ताको श्रमदानका कारण २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प...
राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

Breaking News 2, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की संघ ले हालै महिला तथा पुरुष राष्ट्रिय हक्की टोलीको घोषणा गर्दै नयाँ जर्सीसमेत सार्वजनिक गरेको हो। उक्त अवसरमा सार्वजनिक गरिएको २६ सदस्यीय महिला टोलीमा किर्ती मगर डिफेन्स लाइनमा समावेश भएकी हुन् । राष्ट्रिय टोलीमा उनको समावेशीकरणसँगै टोलीको रक्षात्मक पक्ष थप मजबुत बन्ने अपेक्षा गरिएको छ । निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका कारण उनले राष्ट्रिय स्तरसम्म आफ्नो स्थान बनाउन सफल भएकी हुन् । किर्ती मगरको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई मकवानपुर जिल्लाकै लागि गर्वको विषय बनेको छ। जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीको रूपमा उनको उपस्थितिले स्थानीय स्तरमा हक्की खेलप्रति आकर्षण बढ्नुका साथै नयाँ खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।...
तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

तामाङ कलाकारिता क्षेत्रमा उदाउँदै – आशिष लामा

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा ः तामाङ कलाकारिता इन्डस्ट्रीमा पछिल्लो समय युवा प्रतिभाको रूपमा आशिष लामा सक्रिय रूपमा उदाउँदै आएका छन् । कोरियोग्राफर, निर्देशक तथा मोडलको रूपमा उनले म्युजिक भिडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएका छन् । लामा हालै सार्वजनिक भएको “ब्रेकअप ताजि ङाला ” म्युजिक भिडियोका निर्देशक हुन् । उक्त भिडियो शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत युटुबमा रहेको बिरु घलान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा प्रेम, सम्बन्ध र बिछोडको भावनालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा निर्देशक समेत रहेका लामा र मोडल याङ्गी दोङको मुख्य अभिनय रहेको छ। गीतमा बिरु घलान र अनिशा तामाङ को स्वर रहेको छ भने शब्द तथा संगीत आश्रम थिङ ले तयार पारेका हुन्। मिक्सिङ तथा मास्टरिङ सानु बाबु घिसिङ ले गरेका छन् । यसैबीच, पत्रकार सम्मेलनमा गायक बिरु घलानले गीत आफ्नो जीवन अनुभव र वरिपरिका व...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"