बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत
हेटौँडा/ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्दै आगामी वर्षको कार्यदिशा स्पष्ट पार्नुभएको हो । सरकारले यस पटकको बजेटमा प्रशासनिक खर्चको तुलनामा विकास निर्माण र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएको छ । मन्त्री तामाङले सभामा प्रस्तुत गर्नुभएको विवरण अनुसार कुल बजेटमध्ये पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६५।६९ प्रतिशत हुन आउँछ ।
यस्तै, चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४।३१ प्रतिशत बजेट छुट्याइएको छ । सरकारले यस पटक भौतिक पूर्वाधार विकासलाई मुख्य केन्द्रमा राख्दै सम्बन्धित मन्त्रालयका लागि मात्र २५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएक...








