बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

Advertisement

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्दै आगामी वर्षको कार्यदिशा स्पष्ट पार्नुभएको हो ।  सरकारले यस पटकको बजेटमा प्रशासनिक खर्चको तुलनामा विकास निर्माण र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएको छ । मन्त्री तामाङले सभामा प्रस्तुत गर्नुभएको विवरण अनुसार कुल बजेटमध्ये पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६५।६९ प्रतिशत हुन आउँछ ।

यस्तै, चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४।३१ प्रतिशत बजेट छुट्याइएको छ । सरकारले यस पटक भौतिक पूर्वाधार विकासलाई मुख्य केन्द्रमा राख्दै सम्बन्धित मन्त्रालयका लागि मात्र २५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएको छ।बजेट कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ सरकारले राजस्व तथा बाँडफाँडबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ र अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ र संचित कोषको बचतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ परिचालन गरिनेछ। अपुग हुने रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ जुटाउने सरकारी लक्ष्य रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"