Day: २ घण्टा अगाडि

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका रूपमा विस्तार गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । मंगलबार जारी गरेको ध्यानाकर्षण पत्रमार्फत श्रेष्ठले विकास र भौतिक पूर्वाधार निर्माण राज्यको दायित्व भए पनि विकासको नाममा स्थानीय सभ्यता, नागरिकको थातथलो तथा ऐतिहासिक पहिचान विस्थापित गर्न नहुने बताएका छन् । उनले उक्त सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५र२५ मिटर र सेटब्याकसहित विस्तार गर्दा वातावरणीय, सामाजिक तथा सांस्कृतिक संकट सिर्जना हुने चेतावनी दिएका छन् । श्रेष्ठका अनुसार ऐतिहासिक ख्वाकोटदेखि सिपाडोल, लघु हुँदै पनौतीसम्मको क्षेत्र जीवित इतिहास, संस्कृति तथा प्राचीन नेवारी सभ्यताको केन्द्र हो। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेका य...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्दै आगामी वर्षको कार्यदिशा स्पष्ट पार्नुभएको हो ।  सरकारले यस पटकको बजेटमा प्रशासनिक खर्चको तुलनामा विकास निर्माण र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएको छ । मन्त्री तामाङले सभामा प्रस्तुत गर्नुभएको विवरण अनुसार कुल बजेटमध्ये पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६५।६९ प्रतिशत हुन आउँछ । यस्तै, चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४।३१ प्रतिशत बजेट छुट्याइएको छ । सरकारले यस पटक भौतिक पूर्वाधार विकासलाई मुख्य केन्द्रमा राख्दै सम्बन्धित मन्त्रालयका लागि मात्र २५ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"