रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

Advertisement

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको आरोप उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले लगाएका छन् ।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपासँग एकीकरण गर्ने निर्णय नै आफ्नो पार्टीका लागि गलत भएको निष्कर्षमा पुगेको बताएका छन्। एकीकरण प्रक्रिया अघि बढेपछि त्यसपछाडि ठूलो षड्यन्त्र रहेको बुझिएको दाबी गर्दै उनले सुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा सम्झौता भङ्ग गर्नु रास्वपाको ुराजनीतिक अपराधु भएको बताए। एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डा मागेको भनी बजारमा फैलाइएको प्रचार सरासर गलत भएको स्पष्ट पार्दै उनले रास्वपा नेतृत्वले यसबारे सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगरेर कुरा लुकाएको आरोपसमेत लगाएका छन् ।

रास्वपाको ढुलमुले नीतिको आलोचना गरेपछि अध्यक्ष घिसिङले आफ्नो पार्टीको भावी दिशा स्पष्ट पार्दै आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा उज्यालो नेपालको आफ्नै सरकार बन्ने दाबी गरे। बागमतीमा बलियो आधार तयार भइसकेकाले पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यका साथ अघि बढेको उनले बताएका छन्। पार्टीको लक्ष्य केवल सत्ता प्राप्ति नभई देशको आर्थिक रूपान्तरण, सुशासन र विभेदको अन्त्य गर्नु रहेको उल्लेख गर्दै उनले आफू तामाङ समुदायमा जन्मिए पनि राजनीतिक दृष्टिकोण जातीय आधारमा नभएको स्पष्ट पारे। देशको विकासका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाएर मध्यमार्गी राजनीतिक बाटोबाट पार्टी अघि बढ्ने उनले बताएका छन् ।

वर्तमान सरकारको समीक्षा गर्दै उनले सरकार गठन भएको करिब छ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे। जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनले बताएका छन् । यद्यपि सरकारलाई अहिल्यै नै पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्न नमिल्ने भन्दै उनले सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको बताए। हाल आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको उनले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"