रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

Advertisement

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम समपन्न भएको छ ।

रास्वपा मकवानपुरगढी गाउँपालिकाका सभापति अर्जुन दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय समिना मिया र विद्युषी राणाको विशेष सहभागिता रहेको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका नागरिकहरूले स्थानीय तहमा देखिएका विभिन्न समस्या, आवश्यकता तथा जनसरोकारका विषयमा सांसदद्वयसँग प्रश्न तथा सुझाव राखेका थिए । नागरिकहरूले खानेपानीको समस्या, लागुऔषध दुव्र्यसनका कारण युवामा देखिएको समस्या, प्रशासनिक अनियमितता, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणलगायतका विषय उठाएका थिए । साथै अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत नागरिकहरूले राखेका थिए ।

नागरिकहरूले उठाएका समस्याबारे सांसद समिना मियाले धारणा राख्दै आवश्यक विषयलाई सम्बन्धित निकाय तथा तहसम्म पु¥याउने र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । विशेषगरी प्रतिनिधिसभा सदस्य समिना मियाले नागरिकले उठाएका सवालहरूलाई सम्बन्धित तहमा पु¥याउँदै समाधानका लागि पहल गर्ने बताएका थिए ।

कार्यक्रममा रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जिव पाठक, जिल्ला उपसभापति सुरेश थापा, सचिव बिशव अधिकारी सहित प्रदेश कमिटीका नेता, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, पार्टीका विभिन्न तहका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

रास्वपाले नागरिकका समस्या, गुनासा, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने र ती विषयलाई सम्बन्धित तहसम्म पु¥याउने उद्देश्यले ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"