बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

Advertisement

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

एमालेबाट सरकारको नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरिएको छ । पार्टी नेतृत्वले यसअघि दुई पटकसम्म राजीनामा रोक्दै आएको भए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि मन्त्रीहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन प्राप्त भएको पौडेलले बताएका छन् ।

एमालेका तर्फबाट सरकारमा कृषि मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात क्षेत्र हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी छन् ।

मुख्यमन्त्री बानियाँले १ साउनदेखि प्रदेश सरकारका ६ मन्त्रालय खारेज गरेपछि गाभिएका मन्त्रालयमा एउटै मन्त्रालयमा तीन–तीन जनासम्म मन्त्रीलाई जिम्मेवारी दिँदा सरकारको व्यापक आलोचना भएको थियो । साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको बागमती प्रदेशमा अहिले कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको नेतृत्व गरिरहेका छन्। एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको छ । संवैधानिक व्यवस्थाअनुसार अब मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"