हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Advertisement

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोलस्थित तरकारी मण्डि नजिकै डेरा गरी बस्ने ४२ वर्षीया ओम कुमारी भुजेलको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल हेटौंडामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले श्रीमती ओम कुमारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको प्रहरी टोलीले घाइते महिलालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो । अस्पताल पु¥याइएकी भुजेललाई चिकित्सकले बिहान ११ः०० बजे मृत घोषणा गरेका थिए । मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम सहितका गम्भीर चोटहरू देखिएको अस्पताल स्रोतले जनाएको छ।कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिएको छ । निजलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनास्थल प्रहरी चौकीबाट करिब १ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। घटनाबारे थप विवरण संकलन गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"