स्वास्थ्य

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् । अघिल...
डेंगीको सङ्क्रमन ५ हजार नजिक

डेंगीको सङ्क्रमन ५ हजार नजिक

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब विस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताए ।  ...

स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने-मुख्यमन्त्री बानियाँ

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो । ‎पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै ...
बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

Breaking news 3, प्रमुख समाचार, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा प्रहरी कर्मचारीहरुको लागि आँखा जाँच शिविर आयोजना गरिएको छ । प्रदेश प्रहरी कार्यालयकोे आयोजनामा भएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा एक सय ६० जना प्रहरी जवान तथा अधिकृतहरुको आँखा जाँच गरिएको थियो । २० जनालाई थप उपचारको लागि अस्पताल जान सुझाव दिइएको छ ।  शिविरमा आँखा जाँचका साथैे निःशुल्क औषधि पनि वितरण गरिएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । हेटौडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुकोलागि बिभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । अस्पतालले यसअघि विद्यालयका विद्यार्थी र कार्यस्थलमा कामदारहरुको आँखा जाँच गर्दै आएको छ ।...
हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा /  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रदेखि चिकित्साशास्त्र स्नातक (एमबीबीएस ) अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिटको स्वीकृति दिएको हो । यससँगै हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ । प्रतिष्ठानमा यसअघि नै स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । यस वर्ष नर्सिङ स्नातक (बीएस्सी नर्सिङ) को सिट २० बाट बढाएर ३० गरिएको छ । यस्तै, चिकित्सकीय प्रयोगशाला प्रविधि ९बीएमएलटी० र जनस्वास्थ्य स्नातक ९बीपीएच० २०–२० सिटमा यथावत सञ्चालन हुनेछ । फार्मेसी स्नातक ९बी–फार्मेसी० कार्यक्रम पनि ३० सिटमा निरन्तर रहनेछ । यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर ९एमडी० तहमा सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट छन् । स्त्री तथा प्रसूति विज्ञानमा २ सिट, र आन्तरिक रोग विशेषज्ञ, शल्य चिकित्सक, बाल रोग, हाड–जोर्नी तथा नशा रोग, पा...
पार्बती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता

पार्बती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, स्वास्थ्य
दक्षिण कोरिया । पार्वती मोक्तान नेतृत्वको गैर आवसीय नेपाली संघ दक्षिण कोरिया र कोरियाली चिकित्सक समाज बीचचमा नेपाली श्रमिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने सम्झौता भएको छ । बुधबार एयस डकाष्टको कार्यालयमा दुइ पक्षको सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । चिकित्सक समाजको अध्यक्ष इम सक योङ र गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आउदो सेप्टेम्बर २० देखि नेपाली श्रमिक, विद्यार्थी तथा भिषा नहुनेहहरुले पनि निशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य शिबिर सञ्चालन हुने जनाएको छ । चिकित्सक समाजले औसधी उपचार, जनशक्ति र उपकरणको व्यबस्था गर्नेछन भने गैर आवासीय नेपाली संघको तर्फबाट प्रचार प्रसार र बिरामीहरुको दर्ता र सहजिकरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । बुधबार दुइ पक्षिय...
एक सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

एक सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Breaking News 1, समाचार, स्वास्थ्य
हेटौंडा/  हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा सामान्य चिकित्सा, फिजियोथेरापी, मुटु, कलेजो, मृगौला र पेट सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । मासिक रुपमा संचालन हुने उक्त शिविरमा सिद्धस्थली रुरल कम्युनिटी अस्पताल र हेटौडा अस्पतालका विज्ञ डाक्टरहरूबाट स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । हेटौडा अस्पतालका जनरल फिजिसियन डाक्टर उदित आचार्य, सिद्धस्थली रुरल कम्युनिटी अस्पतालका डाक्टर अबन गौतम, राष्ट्रिय बहिरा महासंघ नेपालमा कार्यरत फिजियोथेरापिष्ट डाक्टर निशा राना, ल्याब टेक्निसिएन प्रतिक्षा पौडेल, हटिया अस्पतालकी अनमी संगीता गौतम र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्लेले स्वास्थ्य जाँच गर्नुभएको थियो । श्री राधा माध...
“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, प्रवास, समाचार, समाज, स्वास्थ्य
दक्षिण कोरिया । लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको उपचारको लागि सहयोगार्थ लाबा ग्रुप दक्षिण कोरिया र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सयुक्त रुपमा सञ्चालन गरेको सहयोग भभियान बाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ । गायिका गोले विगत २ वर्ष अघि देखि प्राण घातक रोग क्यान्सर संग लडिरहनु भएको थियो । लामो समय सम्म उपचार गर्नुपर्दा आर्थिक भार परेपछि नेपाल तामाङ कलाकार संघ र अन्य केही संस्थाहरुले विश्वव्यापी सहयोग अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत दक्षिण कोरियामा लाबा ग्रुप र घेदुङको सहकार्यमा आन्तरिक रुपमा सहयोग अभियान सञ्चालन गरेको थियो । अभियान बाट संकलन भएको ३० लाख १२ हजार ३ सय ३३ कोरियन वन रकम सुक्रबार अभियान संयोजक योगेश लामाको खातामा जम्मा गरिदिएको हो । सुक्रबारको सटही दर अनुसार २ लाख ७७ हजार ५ सय १८ रुपैयाँ बराबर रकम नेपालमा जम्मा भएको छ । दक्षिण कोरियाको ...
बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरिएको बताएको हो । मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्री पौडेलको सचिवालयले जनाएको छ । नेपालमा ११ प्रतिशतको क्यान्सरका कारण मृत्यु हुने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सरकारले क्यान्सर उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बु...
पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ मकवानपुरले इन्ड पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । क्लबले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न कार्यक्रम गरिने सम्बन्धमा जानकारी दिएको हो । रोटरीले बार्षिक रुपमा अक्टोबर २४ तारिखलाई पोलियो दिवसको रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिशरु गदै आएको बताए । ७ वटै प्रदेशमा रोटरीले इन्ड पोलियो नाउ विषेश अभियान संचालन गर्न लागएको बताएका छन् । रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने र कार्तिक ८ गते विहान ७ वजे साईकल यालीको आयोजना गरिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघ देखि सुरु हुने साईकल ¥याली नगर परिक्रमा गरी समापन ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"