Breaking news 3

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

Breaking news 3, मनोरञ्जन, समाचार
मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएका छन् । बकैया गाउँपालिका–३ हात्तिसुडे स्थायी निवासी लामा हाल युएईलाई कर्मथलो बनाएर बस्दै आएका छन् । उनले हालै नयाँ गीत सार्वजनिक गरिसकेका छन्। चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा तयार गरिएको नयाँ सांगीतिक कोसेली बजारमा आइसकेको छ । सानै उमेरदेखि कला, धर्म, संस्करण र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लाग्दै आएका लामा लामो अन्तरालपछि पुनः दर्शक–श्रोतामाझ प्रस्तुत भएका हुन् । उनले आउँदो ल्होसारको अवसर पारेर आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत पूरा भएको जानकारी दिएका छन् । गायक लामाका अनुसार दर्शक तथा श्रोताका लागि छिट्टै थप नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी भइरहेको छ। उनको पुनरागमनले स्थानीय तथा तामाङ सांगीतिक क्षेत्...
बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौडा/  बागमती प्रदेशको राजधानी हेटौडामा बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ । “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबि नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी विशेष अतिथि रहनुभएको थियो । यसैगरी प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, प्रदेश बाल अधिकार समितिका सदस्यहरू झबिन्द्र ज्ञव...
प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युविन श्रेष्ठको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युविन श्रेष्ठको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभाग अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । रास्वपा समर्थक र बिभिन्न नेपाली समाजको अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो सहभागितामा सम्पन्न भएको अधिवेशनले युविन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वम्मत चयन गरेको छ । त्यस्तै उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्। सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ, सन्दिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। दोश्रो अधिवेशनमा बिभागका प्रमुख डम्बर सुब्बाको अध्यक्षता रहनुका साथै रास्वपा केन्द्रिय सदस्य तथा विदेश विभाग उप प्रमुख ...
मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने

मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने

Breaking news 3, मल्टिमिडिया, विचार/ लेख/रचना/ साहित्य, समाचार
मकवानपुर / मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो । पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौँडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएका उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘जिल्लाभरीका विद्यार्र्थीहरूलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ । उहाँले मकवानपुर जिल्लाभरिक...
एनआरएनए कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेपाल हाउसदेखि कोरोना किड्स , सिम कार्डसम्मका विषयमा उठ्यो प्रश्न ।

एनआरएनए कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेपाल हाउसदेखि कोरोना किड्स , सिम कार्डसम्मका विषयमा उठ्यो प्रश्न ।

Breaking news 3, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया/  गैर आवासीय नेपाली संघ  दक्षिण कोरियाको आयोजनामा आइतबार सम्पन्न भएको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा भाषणबाजी केही बढी भएको सहभागीहरूको भनाइ भए पनि सम्पूर्ण रूपमा कार्यक्रम व्यवस्थित र फलदायी बनेको जनाइएको छ । दोस्रो सत्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सहभागीहरूले नेपाल हाउस, कोरोना किड्स, सिम कार्ड, कोरियन एयर टिकट, एनआरएनएको एकता र आगामी कार्ययोजना जस्ता विषयमा विस्तृत प्रश्नहरू उठाएका थिए। उठाइएका प्रश्नहरूको जवाफ संघकी अध्यक्ष, निवर्तमान अध्यक्ष तथा संरक्षकहरूले क्रमशः दिएका थिए । हाल दक्षिण कोरियाको नेपाली समाजमा एनआरएनए एकताको विषयलाई लिएर चलिरहेको पेचिलो बहसबीच राय संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अधिकांश सहभागीहरूले एनआरएनए फुटको विरोधमा मत व्यक्त गरेका थिए । संघकी अध्यक्ष पार्...
एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

Breaking news 3, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा/  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ सञ्चालन हुने भएको छ । सोमबार हेटौंडामा एन्फाले पत्रकार सम्मेलको आयोजना गर्दै आगामी कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हेटौँडा–६ स्थित गौरीटार रंगशालामा प्रतियोगिता हुने जानकारी दिएको हो । एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना हुने यस प्रतियोगितामा एन्फामा आवद्ध जिल्ला लिगका विजेता तथा प्रदेश लिगबाट छनोट भएका १० टिमहरूको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो । सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलहरू सञ्चालन गरिने प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टिमलाई तालिम (ट्रेनिङ) का लागि हेटौँडा नगरपालिका भित्रका दुई खेल मैदा...
नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बुसान शाखाको पाँचौं अधिवेशन आइतबार सम्पन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट जय राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । नेफिन बुसान शाखाको अध्यक्ष परी गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेफिन कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा कोरियाको बुसान क्षेत्रमा कृयाशिल बिभिन्न जातिय संस्थाहरु र अन्य संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यसमितिको अध्यक्षमा जय राई चयन हुनुका साथै वरिष्ठ उपाध्यक्षमा आकास घिसिङ, उपाध्यक्षमा बिकास राई, महासचिवमा तुफान मगर, सचिवमा राम माँझी, कोषाध्यक्षमा नितेश गुरुङ सर्वसम्मत निर्वात भएका छन् । त्यसैगरी सदस्यहरुमा रोजिना मगर, रेशम गुरुङ र बिमेश गुरुङ निर्वाचित भएका छन् ।  ...
कलाकार लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाजलाइ नगद २६ हजार सहयोग

कलाकार लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाजलाइ नगद २६ हजार सहयोग

Breaking news 3
काठमाण्डौं । कलाकार एवं समाजसेवी प्रतिज्ञा लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाज ( बृद्धाश्रम) काठमाण्डौंलाई २६ हजार नगद सहित रिमा सेवा समाजमा रहेका बृद्धाश्रममा आश्रीतहरुलाइ खाना समेत खुवाएका छन् । कलाकार लामाले आफ्नो जन्मदिनको अवसरमा निरन्तर रुपमा गरिब, दुखी असहायहरुलाइ सहयोग गर्दै आइरहेका छन् । उक्त बृद्धाश्रममा लगभग ६० जना बृद्धाबृद्धहरुले आश्रय लिदै आइरहेका छन् ।...
हेटौंडामा भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा

हेटौंडामा भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा

Breaking news 3, समाचार
हेटौंडा/  आत्मविश्वासी र सक्षम समाज निर्माण गर्ने उद्देश्यले हेटौंडा–२, (नगरपालिका अगाडि) भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा आएको छ । पत्रकार तथा अनुभवी प्रस्तोता रुपक कालिराजको नेतृत्वमा स्थापना गरिएको यस केन्द्रमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरूलाई व्यावसायिक स्तरको भाषणकला, उद्घोषण र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको छ । युवाहरू आत्मविश्वासको कमीका कारण रोजगारीका अवसर गुमाइरहेको र वैदेशिक रोजगारमा निर्भर हुन बाध्य भइरहेका अवस्थालाई मध्यनजर गर्दै स्थापना भएको केन्द्रले व्यावहारिक तालिममार्फत व्यक्तित्व विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ । कालिराजका अनुसार संघ–संस्थाका पदाधिकारी, राजनीतिकर्मी, विद्यार्थी, शिक्षक, व्यापारी, सामाजिक अभियन्ता, कर्मचारी, गृहिणी, कलाकारदेखि सुरक्षाकर्मीसम्म जो कोही यस तालिममा सहभागी हुन सक्छन् । नेपालका ५० भन्दा बढी जिल्ल...
प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

Breaking news 3, दक्षिण कोरिया, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ तारिखमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ हुने भएको छ । सुवन स्थित आजु विश्वविद्यालयको भलिबल स्टेडियममा हुने प्रतियोगिताको टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म रहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन लाग्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी दोश्रो हुने टिमले १२ लाख वोन राशी पाउनुका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा तृतियहुने टिमले ३ लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको प्रतियोगितालाई बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले सहयोग गरेका छन् । समाजका अध्यक्ष राज लोप्चनले टिम दर्ताको लागि आह्वान गरेका छ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"