दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बुसान शाखाको पाँचौं अधिवेशन आइतबार सम्पन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट जय राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

नेफिन बुसान शाखाको अध्यक्ष परी गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेफिन कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा कोरियाको बुसान क्षेत्रमा कृयाशिल बिभिन्न जातिय संस्थाहरु र अन्य संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यसमितिको अध्यक्षमा जय राई चयन हुनुका साथै वरिष्ठ उपाध्यक्षमा आकास घिसिङ, उपाध्यक्षमा बिकास राई, महासचिवमा तुफान मगर, सचिवमा राम माँझी, कोषाध्यक्षमा नितेश गुरुङ सर्वसम्मत निर्वात भएका छन् । त्यसैगरी सदस्यहरुमा
रोजिना मगर, रेशम गुरुङ र बिमेश गुरुङ निर्वाचित भएका छन् ।





























