दक्षिण कोरिया

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ तारिख) सौलको दोङ्देमुन स्थित सेमावल हलमा महाधिवेशन गर्ने तयारी सबै पुरा भएको अध्यक्ष विशन राईले जानकारी दिनुभएको छ । महासंघ गणतन्त्र कारिया कोरियाको नेपाली समाजमा शसक्त ढंगले कृयाशिल हुँदै प्रवासमा पनि आदिवासीहरुको पहिचान र अधिकारको वकालत गर्नुका साथै आदिवासीय सम्पत्तीहरुको प्रवद्र्धन गर्दै आइरहेको छ । ९ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि पर्यवेक्षकहरुको लगभग टुंगो लाग्नुका साथै नयाँ नेतृत्व चुन्ने सवालमा पनि सहमतिमानै अघि बढ्ने जनाएको छ । महाधिवेशन भव्य र सव्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष राईले बताए । त्यसैगरी अध्यक्ष राईले कोरियामा रहनुभएका समस्त नेपालीहरुलाई महाधिवेशनमा सहभागि भैदिनको लागि अपिल समेत गर्नुभएको छ ।...
कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया / दक्षिण कोरियाको खाङवन वाञ्जुसीमा कार्यरत बागलुङ घर भएका केहरसिंह छन्त्यालको फोर्कलिफ्ट दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ। छन्त्याल शनिबार बिहान दुर्घटनामा परेका हुन्। तर, फोर्कलिफ्ट उनी स्वयं चलाइरहेका थिए वा अरू कसैले चलाउँदा दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। घटनास्थलको अवस्था सामान्य देखिए पनि छन्त्यालको मृत्यु भएको विषयमा शंका उत्पन्न भएको छ। घटना स्थल वरिपरि सिसीटिभी क्यामेरा नहुँदा घटनाको यथार्थ पत्ता लगाउन कठिन भएको बताइएको छ। उक्त घटनाको सत्यतथ्य छानबिनका लागि कोरियामा रहेका नेपालीहरूद्वारा माग गरिएको छ। मृतक छन्त्याल करिब आठ वर्षअघि कामको सिलसिलामा कोरिया आएका थिए। उनी लोकदोहोरी गीत–संगीतका पारखी समेत थिए र विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिँदै आएका थिए।छन्त्याल कोरियास्थित नेपाली समुदायमा चिनिएका व्यक्तिमध्ये एक थिए। यस...
एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, (एनआरएनए) दक्षिण कोरियाको महासचिवको पदबाट पूर्ण बहादुर बुढा उर्फ अजय सोडारीलाई बर्खास्त गरेको छ । संघका अध्यक्ष विपिन कुमार गुरङद्धारा हस्ताक्षर गरिएको एक विज्ञप्ती जारी गर्दै सोडारीलाई बर्खास्त गरिएको जानकारी गराइएको छ । महासचिव सोडारीले महासचिवको पदिय दायित्व उचित ढंगले निर्वाह गर्न नसकेको र स्पष्टिकरण सोद्धा पनि स्पष्टीकरणको जवाफ नआएकोले विधान अनुसार बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासचिव सोडारीको फेसबुक पोष्टमा उल्लेख भए अनुसार उनि केही दिन अघि विविध समस्याका कारण कोरिया बसाइलाई बिट मार्दे नेपाल पुगेको अपडेट देखिन्छ । सोडारी कोरिया प्रवेश गरेको ३ वर्ष ३ महिनामानै फर्किएको उनकै फेसबुक पोष्टमा उल्लेख गरिएको छ । कोरियामा महासचिव सोडारीलाई एक विवादित पात्रको रुपमा धेरैले चिन्ने गरेको थियो । सोडारीको स्वदेश फिर्ती र बर्खास्ती संगै म...
मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५०  लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थामा आइताबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा निरञ्जन बिक्रम ठकुरी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण थोकर, महासचिवमा सरोज धनुकि, सचिवमा राम थोकर, कोषाध्यक्षमा रेस मगर र सदस्यहरुमा सपना बस्नेत,प्रकाश भोम्जन, निहारिका गोले र बिक्रम घलान चयन भएका छन् । अधिवेशनले संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । २०२३ मा सुजन चापागाईको व्यान्ड ल्याएर गर्न खोजिएको मकवानपुर सांगीतिक धमाका भाग २ को आयोजना गर्न खोज्दा अन्तिम चरणमा कलाकारको भिसाको कारण कार्यक्रम स्थगित भएको थियो । उक्त कार्यक्रमको अवसरमा गरिएको सबै आर्थिक हिसाब अधिवेशनले पास गरेको छ । १ करोड ७३ लाख ७३ हजार १२२ वोन संकलन भएको रकमबाट १ करोड ४८ लाख ९० हजार ८००...
नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

नेफिन बुसान शाखाको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय राई निर्वाचित

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बुसान शाखाको पाँचौं अधिवेशन आइतबार सम्पन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट जय राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । नेफिन बुसान शाखाको अध्यक्ष परी गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेफिन कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेशनमा कोरियाको बुसान क्षेत्रमा कृयाशिल बिभिन्न जातिय संस्थाहरु र अन्य संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यसमितिको अध्यक्षमा जय राई चयन हुनुका साथै वरिष्ठ उपाध्यक्षमा आकास घिसिङ, उपाध्यक्षमा बिकास राई, महासचिवमा तुफान मगर, सचिवमा राम माँझी, कोषाध्यक्षमा नितेश गुरुङ सर्वसम्मत निर्वात भएका छन् । त्यसैगरी सदस्यहरुमा रोजिना मगर, रेशम गुरुङ र बिमेश गुरुङ निर्वाचित भएका छन् ।  ...
मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने

मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने

Breaking News 1, दक्षिण कोरिया, समाचार, समाज
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुने भएको छ । कोरियन चाड छुसकको अवसर पारेर अक्टोबर ५ मा सौलको दोङदेमुन स्थित रहेको दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्ने फाइनल भएको हो । अधिवेशनको दिनमानै कोरियामा रहेका मकवानपुरे तथा नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने हेतुले  लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको समेत घोषणा गर्ने भएको छ । सेल्टर स्थापना गर्ने उद्धेश्य सहित सन् २०२३ को छुसकमा सुजन चापागाई एण्ड द ईन्फिनिटी ब्यान्ड ल्याएर मकवानपुर सांगीतिक धमाका भाग २ गर्ने अन्तिम तयारीमा पुगिसक्दा कलाकारको भिषा नलाग्दा स्थगित भएको कार्यक्रमलाई पुनः आयोजना गर्ने उद्देश्यले गर्दा अधिवेशन गर्ने समय लम्बिएको थियो । कार्यक्रमको तयारीको दौरानमा आन्तरिक तथा वाह्य सहयोगि दाताहरुबाट केही सहयोग रकम संकलन भएको थियो । संकलन भएको सहयोग रकम कार्यक्रम व्यवस्थापनमा खर्च ...
खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

खोटाङ सेवा समाज दक्षिण कोरियाको २० औं अधिवेशनको तयारी पुरा

Breaking News 1, दक्षिण कोरिया, प्रदेश १, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । खोटाङ सेवा समाज दक्षिण कोरियाको यहि २८ तारिखमा हुने अधिवेशनको तयारी पुरा भएको छ । आउँदो आइतबारको लागि तय गरिएको अधिवेशन भव्य रुपमा सम्पन्न गर्नको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको संस्थाका अध्यक्ष सुस्मा रानाहँमा राईले जानकारी दिनुभएको छ । सौलको दोङदेमुन स्थित एमजी सेमावल हलमा हुने अधिवेशनमा सहभागिहुनको लागि अध्यक्ष राईले आह्वान समेत गर्नुभएको छ । विगत साढे दुई  दशक भन्दा अघि देखि दक्षिण कोरियाको नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको उक्त संस्थाले गएको सलनालमा बृहत सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । २० औं अधिवेशनले कोरियामा रहेको खोटाङबासी नेपालीहरुलाई थप संगठित गर्दै लानमा सहयोग पुग्ने देखिन्छ ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

Breaking News 2, दक्षिण कोरिया, प्रमुख समाचार, शिक्षा
सिओल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमार्फत नेपालका विभिन्न जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले हालसम्म ९ जिल्लाका ६५ जना विद्यार्थीलाई नगद रु. ५,००० सहित कापी, कलम, स्कुल ब्याग, जुत्ता लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ। यससँगै असहाय बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा (SEE) सम्म निरन्तर सहयोग गर्ने अभियान पनि अघि बढाइएको छ। यो अभियान १०औं कार्यसमितिका निवर्तमान अध्यक्ष रवि योञ्जन तामाङको कार्ययोजना अनुसार सुरु भएको हो भने हाल ११औं कार्यसमिति अध्यक्ष राजकुमार स्याङतानको संयोजकत्वमा समिति सदस्यहरू गणेश योञ्जन तामाङ, दावा फिन्जो तामाङ, एल.बी. रुम्बा तामाङ, पासाङ प्रयत्न बोम्जन तामाङ लगायतको सक्रिय सहयोगमा निरन्तर सञ्चालन भइरहेको छ। हालसम्म सहयोग पु...
फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

अर्थ, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन् । यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन् । बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ। पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू चाहे एप डाउनलोड गरेर अझै  KYC  पूरा नगरेका वा KYC  पूरा गरेर पनि अझै कारोबार नगरेका  सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemony  एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ। हालस...
प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

Breaking news 3, दक्षिण कोरिया, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ तारिखमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ हुने भएको छ । सुवन स्थित आजु विश्वविद्यालयको भलिबल स्टेडियममा हुने प्रतियोगिताको टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म रहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन लाग्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी दोश्रो हुने टिमले १२ लाख वोन राशी पाउनुका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा तृतियहुने टिमले ३ लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको प्रतियोगितालाई बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले सहयोग गरेका छन् । समाजका अध्यक्ष राज लोप्चनले टिम दर्ताको लागि आह्वान गरेका छ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"