श्री कालिका आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समितिको अध्यक्षमा वाईबा पुन -चयन
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयमा ४३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ ।
बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता तथा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समिति पुनः वाईवाको नेतृत्वमा ७ सदस्यीय सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क प्रतिवेदनमा विद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त तथ्याङ्कअनुसार ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी...








