नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा दीर्घकालीन शैक्षिक कल्याणकारी कोष मार्फत छात्रवृत्ति वितरण

Advertisement
सिओल, दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमार्फत नेपालका विभिन्न जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाले हालसम्म ९ जिल्लाका ६५ जना विद्यार्थीलाई नगद रु. ५,००० सहित कापी, कलम, स्कुल ब्याग, जुत्ता लगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ। यससँगै असहाय बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा (SEE) सम्म निरन्तर सहयोग गर्ने अभियान पनि अघि बढाइएको छ।
यो अभियान १०औं कार्यसमितिका निवर्तमान अध्यक्ष रवि योञ्जन तामाङको कार्ययोजना अनुसार सुरु भएको हो भने हाल ११औं कार्यसमिति अध्यक्ष राजकुमार स्याङतानको संयोजकत्वमा समिति सदस्यहरू गणेश योञ्जन तामाङ, दावा फिन्जो तामाङ, एल.बी. रुम्बा तामाङ, पासाङ प्रयत्न बोम्जन तामाङ लगायतको सक्रिय सहयोगमा निरन्तर सञ्चालन भइरहेको छ।
हालसम्म सहयोग पुगेका विद्यालय र जिल्ला यसप्रकार रहेका छन् :
•सिन्धुपाल्चोक : श्री भिम विद्याश्रम मा.वि., श्री सर्बोदय मा.वि.
•उदयपुर : श्री शिवशक्ति आधारभूत विद्यालय
•सिन्धुली : श्री मा.वि. कर्मिडाडा, श्री तीन कन्या प्रा.वि. ताप्केडाडा
•इलाम : साँगे चोम्दान्दे छोइलिङ गुम्बा शिक्षा
•चितवन : श्री राष्ट्रिय आधारभूत विद्यालय गडुवा, श्री राष्ट्रिय मा.वि. समिपुर
•काभ्रेपलाञ्चोक : श्री मिलन प्रा.वि., श्री गणेश प्रा.वि.
•रामेछाप : श्री डहु मा.वि.
•दोलखा : श्री सरस्वती आ.वि.
•नुवाकोट : श्री भेडावारी मा.वि.
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शिक्षा, संस्कार, भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षण र प्रवर्द्धनलाई आफ्नो प्रमुख उद्देश्य बनाउँदै दक्षिण कोरियामा रहेका तामाङ समुदायलाई एकताबद्ध गर्ने कार्य गर्दै आएको छ। संस्थाले शिक्षाबाट जीवन परिवर्तन, आशा जगाउने र उज्यालो भविष्यको ढोका खोल्ने लक्ष्य लिएको जनाएको छ। भविष्यमा अझ धेरै विद्यार्थीलाई दीर्घकालीन रूपमा शैक्षिक सहयोग पुर्‍याउँदै अभियानलाई थप प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरिएको छ। संस्थाले यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातप्रति आभार व्यक्त गरेको छ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"