हेटौंडा १३ मा मेवा खेती प्रवद्र्धनका लागि कृषि प्रविधि तथा सामग्री हस्तान्तरण
Breaking news 3, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत हेटौँडा १३ नम्बर वडा क्षेत्रमा मेवा खेती प्रवद्र्धनका लागि आवश्यक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाको सभाअध्यक्षतामा भएको एक समारोहका बिच कृषि सामाग्रि हूतान्तरण गरिएको हो ।
समुदायमा आधारित उक्त परियोजना ५५ लाख ७७ हजार २१७ रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । जसमध्ये कृषि मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३० रुपैयाँ, हेटौँडा उपमहानगरपालिकाबाट ११ लाख १५ हजार ४४३ रुपैयाँ र कृषक समूहबाट २० प्रतिशत लागत साझेदारी गरिएको छ ।
कार्यक्रम अन्तर्गत कृषकहरूलाई मल्चिङ प्लास्टिक, जैविक विषादी, हाते ट्याक्टर, चारपांग्रे ट्याक्टर, अर्थगर, ड्रायर मेसिन, पीएच मिटर, स्प्रे पम्प, थोपा सिँचाइ प्रणाली, टनेल संरचन...








