कर्णाली प्रदेश

‘रारा सांगीतिक सौगात भाग-१’ को तयारी तीब्र 

‘रारा सांगीतिक सौगात भाग-१’ को तयारी तीब्र 

Breaking News 2, कर्णाली प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ कर्णाली प्रदेश समाजको आयोजनामा हुन लागेको रारा सांगीतिक सौगात भाग १ को तयारी तीब्र रुपमा भैरहेको आयोजकले जनाएको छ । छुसकको पहिलो दिन १६ सेप्टेम्बर २०२४ मा आयोजना हुने उक्त कार्यक्रममा नेपाल देखि प्रमोद खरेल, मेलीना राई, आस्मा बिश्वकर्मा, भागिरथ चलाउने, मेक्सम गौडेल, सुनिता बिसी लगायतका ख्यातिप्राप्त कलाकारहरू प्रस्तुतीको लागि आउने छन् । कार्यक्रमको मिति नजिकिँदै गर्दा आयोजक संस्था कर्णाली प्रदेशले भने बिभिन्न इभेण्टहरुको स्कीम समेत ल्याएका छन् । टिकटक इभेण्ट अन्तर्गत पुरस्कारको व्यवस्था समेत गरेर प्रचार प्रसारलाई तिव्रता दिएको छ । आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीका अनुसार कार्यक्रम तयारीको लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । सौलको 서울시 종로구 대학로घ길द्दढ स्थित रहेको हलमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ...
कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

कर्णालीका मुख्यमन्त्री कँडेलले दोस्रोपटकविश्वासको मत पाए

Breaking news 3, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत/ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।   मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए ।...
दैलेख समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कलम कार्की

दैलेख समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कलम कार्की

Breaking News 2, कर्णाली प्रदेश, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा समाजको तेश्रो अधिवेशन सम्पन्न भएको हो । आइतबार भएको अधिवेशनबाट कलम कार्कीको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुजन कुमार बुढा, उपाध्यक्षहरुमा यमुना राना, युवराज शर्मा, रबिन्द्र बहादुर शाही, हर्क बहादुर शाही महासचिवमा पदम बहादुर खड्का, सचिवहरुमा हर्क बहादुर थापा, तिलक कोइराला, चक्रपाणी आचार्य कोषाध्यक्षमा शेर बहादुर कठायत चयन हुनुका साथै सदस्यहरुमा महेश रेग्मी, लाल बहादुर थापा, सागर शर्मा, विशाल चौलागाई, चन्द्र बस्नेत, लिलाराम शर्मा, विपुल रावल र रमेश रावल रहेका छन् । संस्थाका अध्यक्ष आत्मा पुरुष आचार्यको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता...
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिए

Breaking News 1, कर्णाली प्रदेश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलकपरियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलकोबैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्रीनियुक्त गरेका हुन् ।...
दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन मे ५ मा हुने

दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन मे ५ मा हुने

Breaking news 3, कर्णाली प्रदेश, प्रवास
दक्षिण कोरिया । नेपालको दैलेख जिल्ला स्थायी घर भइ दक्षिण कोरियालाई कर्मथलो बनाएर बसोबास गर्दै आइरहेका दैलेखिहरुको साँझा संस्था दैलेख समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन आउदो मे ५ मा हुने भएको छ । आउदो मे ५ को दिन सउलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्न लागिएको हो । ई.सं. २०२० मा स्थापना भएको समाजले नेपाली समाजमा हुने हरेक कृयाकलापहरुमा भाग लिदै आइरहेको छ । अधिवेशनमा सहभागि हुनको लागि समाजले दक्षिण कोरियमा रहेका दैलेखबासीहरुलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ । तेश्रो अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गर्ने छ ।...
राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

राष्ट्रिय सभा निर्वाचन:गठबन्धन १८ सिटमा विजयी हुँदा प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

Breaking News 1, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं / राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।   बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालले विजय हात पारेको हो । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा...
छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

Breaking News 1, कर्णाली प्रदेश, समाचार, समाज
सुर्खेत / सुर्खेतको पञ्चपुरी नगरपालिकामा–६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् । ४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो । गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका आरोपितलाई टीकापुरबाट सुर्खेत ल्याइँदै छ ।...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् । केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"