मकवानपुरगढीको कक्षा ८ को प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम कसरी आयो ?
शुभराज भोम्जन
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको कक्षा ८ को परिक्षा प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम उल्लेख भएको पाइएको छ । कक्षा ८ को गणीत विषयको प्रश्नपत्रमा त्रुटी देखिएको हो ।
हिजो देखि सुरु भएको कक्षा ८ को परिक्षाको प्रश्नपत्रमा सो प्रकृतिको त्रुटी भेटिए पश्चात चौतफी रुपमा कसरी एस्तो भयो भन्दै मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङलाई प्रश्न गरिरहेका छन् । बिभिन्न सरोकारवाला वयक्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा प्रश्नपत्रमा भएको त्रुटी छताछुल्ल गरे पश्चात लाबा न्युजले गाउँपालिका शिक्षा शाखा प्रमुखलाई किन एस्तो त्रुटी भयो भनेर प्रश्न गर्दा “गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङले भने एकरुपताको लागि हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा संगको सहकार्यमा तयार गरिएको प्रश्नपत्रमा प्राबिधिक भूलबस प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिको नाम उल्लेख भएको बताए ...








