मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै
हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ मा भने मतगणना कार्य जारी रहेको छ । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम ३३ हजार ६३४ मत सहित अग्रस्थानमा रहेका छन् ।
नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १० हजार ८०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदा नेकपा (एमाले) का रामेश्वर राना मगर ले १० हजार ३३७ मत ल्याएका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा ले ७ हजार ९७१, नेपाली कम्युनिष्ट पार्टीका बिजय गौतम ले ७ हजार ५०८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह ले ३ हजार ९३२, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ (महर्जन) ले ९४२, स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई ले ४८० तथा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा ले १३१ मत प्राप्त गरेका छन् ।...








