मुख्य समाचार

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो । यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले...
राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको मुख्यमन्त्री बानियाँको टिप्पणी

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराए । मुख्यमन्त्री बानियाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । निर्माण व्यवसायीहरुलाई बैंकहरुले पनि पछिल्लो समय दुःख दिने गरेको समेत उहाँले उल्लेख गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जानाए । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कु...
मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ । गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्‍याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो । आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा फेडोले ...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया / नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको कार्यसमिति, संरक्षक, सल्लाहकार समिति, सम्पूर्ण प्रदेश समाज, ल्ऋऋ विधान मसौदा समिति तथा एनसीसी संस्थागत संरचना समितिको विशेष संयुक्त बैठक भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । दुङदेमुनस्थित निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न उक्त बैठकले संस्थालाई पुनःसंरचना सहित अझ बलियो र सक्रिय बनाउने लक्ष्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले २०२६ जनवरी ४ गते विधान संशोधन भेला आयोजना गर्ने निर्णय गर्नुका साथै तत पस्चात मात्रै अहिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ । ८ संस्थालाई अझ सबल बनाउने प्रतिबद्धता । बैठकमा सहभागीहरूले गौरवशाली इतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरियालाई संस्थागत संरचना, सञ्चालन शैली र संगठनात्मक कोरिया र सदस्यतामा अझ मजबुत बनाउँदै अगाडि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाका पूर्वअध्यक...
मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

मकवानपुरगढीमा निशुल्क क्यान्सर परीक्षण शिविर, ३२० जनाले लिए सेवा

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
हेटौंडा/ समुदाय स्रतमै क्यान्सर परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–४ मा निशुल्क क्यान्सर परीक्षण शिविर आयोजना गरिएको छ । सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा आयोजित उक्त शिविर जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रोटर क्लब अफ मकवानपुर, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ यलको समन्वयमा सम्पन्न भएको हो । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भर लाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले महिला तथा पुरुष दुवैका लागि क्यान्सर सम्बन्धी परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको कार्यक्रम संयोजक मेनुका दाहालले बताइन् । अघिल...
भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री  घिसिङलाई पुलका सामग्री हस्तान्तरण

भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री घिसिङलाई पुलका सामग्री हस्तान्तरण

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / भारत सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रका सडक सञ्जाल पुनःस्थापना गर्न नेपाललाई यस वर्ष पनि १० वटा बेलीब्रीज उपलब्ध गराएको छ । हेटौंडास्थित सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई पुलका सामग्री प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक र सहयोगी सम्बन्धलाई उल्लेख गर्दै पूर्वाधार विकासमा भारतको निरन्तर सहयोग रहने बताए । मन्त्री घिसिङले गत वर्ष उपलब्ध गराइएका बेलीब्रीजकै कारण बाढी–पहिरो प्रभावित राजमार्ग छिट्टै सञ्चालनमा ल्याउन सहयोग पुगेको बताए । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका ती पुल ७० मिटरभन्दा बढी लम्बाइ र ५.२५ मिटर चौडाइका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार तत्कालै ४ स्थानमा जडानको तयारी सुरु भएको छ । उपलब्ध १० मध्ये हाल एक म...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, नेतृत्वका आकांक्षी आधा दर्जनभन्दा बढी

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
 दक्षिण कोरिया / नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन नोभेम्बर २३ मा सौलको दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुँदैछ। महाधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । घेदुङ स्थापना कालदेखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ । महाधिवेशनका लागि नेतृत्व चयनमा रस्साकस्सी देखिएको छ । विशेष स्रोतका अनुसार हालसम्म आधा दर्जनभन्दा बढीले अध्यक्ष पदको लागि इच्छा देखाएका छन्। यसमा वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, वर्तमान महासचिव दावा फिन्जो तामाङ, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतले आफुलाई दावेदारको रूपमा प्रस्तुत गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा, अध्यक्षका दावेदारहरूले आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्...
चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / चेपाङ समुदायको हक अधिकार, सामाजिक सुरक्षा र आवाससम्बन्धी समस्या समाधानका विषयमा केन्द्रित प्रदेश स्तरीय संवाद मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष निमि शेर्पाको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा प्रमुख आतिथ्यता रहेको थियो । संवादमा सहभागी चेपाङ समुदायका अगुवाहरूले दीर्घकालीन रूपमा रोकिएको प्रजा विकास कार्यक्रम फेरि सुचारु गर्नुपर्ने माग गर्दै, राज्यले चेपाङ बस्तीको वास्तविक अवस्था बुझेर तिनको जीवनस्तर उकास्न प्रतिबद्धता देखाउनुपर्ने धारणा राखेका थिए । रिद्धि सिद्धि सिमेन्ट उद्योग अन्तर्गतको चुनढुङ्गा खानीले प्रभावित भएका चेपाङ बस्तीहरू अव्यवस्थित र जोखिमपूर्ण स्थितिमा पुगेको जनाउँदै, ती बस्तीको तत्काल उद्धार, सुरक्षा र पुनस्र्थापना कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ...
हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा ईन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई दुई थान तिन सिटर सहयोग गरेको छ । गत भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकामा आगजनी हुँदा कार्यालयका सामग्री र संरचनामा क्षति पुगेको थियो । मंगलबार ईन्फिल्डर्सका अध्यक्ष राजक शाहिको नेतृत्वमा पुगेको टोलिले सामाग्रि हेटौंडा उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख  श्याम कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष शाहिले सहयोगले कार्यालयको कामकाज सहज हुने र समुदायमा सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्दै हेटौंडा  ईन्फिल्डर्स मकवानपुर सधै स्थानीय सरको साथमा रहेको बताउनुभयो । यस्तै जिन्सी शाखा प्रमुख श्रेष्ठले उक्त सहयोगले आगजनीका कारण भएको क्षति पूर्ति गर्न ठूलो सहयोग पुर्याउने बताउनुस भयो । कार्यक्रममा हेटौँडा ईन्फिल्डर्स मकवानपुरका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।...
एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा भिड्नेछन् भने दोस्रो खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली र लालीगुराँस एसोसिएन क्लब कास्की आमनेसामने हुनेछन् । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरूले आफूहरू उपाधिका बलिया दाबेदार रहेको दाबी गरेका छन् । क्लबका प्रशिक्षक र कप्तानहरूले टोलीमा राष्ट्रिय खेलाडी र स्थानीय प्रतिभाको संयोजन भएकाले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीका लागि एन्फाले उपलब्ध गराएको ७ लाख रुपैयाँ अपुग भएको सहभागी क्लबहरूको गुनासो पनि रहेको छ । तियोगिता एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुँदैछ, जसमा जिल्ला लिगका च्याम्पियन टोलीहरू प्रदेश लिग हुँदै छनोट भएर ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"