अपराध/ अनुसन्धान

विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

विद्यार्थीलाई काम लगाइदिन्छु भन्दै पैसा ठग्ने र धम्किदिने विचौलियाहरुको विरुद्धमा दुतावासको ध्यानाकर्षण

Breaking News 2, अपराध/ अनुसन्धान, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा विद्यार्थीहरुलाई काम लगाईदिने भन्दै पैसा ठग्ने र काम गरे वापतकाृे पारिश्रमिक नदिइकन आफैले लिने गरेका विचौलियाहरुको विरुद्धमा नेपाली राजदूतावसले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारि गरिएको छ । नेपाली विद्यार्थीहरुलाई धम्क समेत दिने गरेको उजुरीहरु दूतावासमा थुप्रै परेको जनाएको छ । विज्ञप्तीमा उल्लेख गरेअनुसार विचौलियाहरुले विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारेर बैंक कार्डको समेत दुरुपयोग गर्ने गरेको जनाएको छ । नेपाली विद्यार्थीहरुलाई ठग्ने, धम्किदिने र प्रलोभनमा पारेर दुःख दिने विचौलियाहरु नेपालीनै रहेको जनाएको छ । दूतावासले त्यस्तो कार्य नगर्नको लागि विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।...
हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित एक युवक पक्राउ

Breaking news 3, Uncategorized, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बिहान ६:०५ बजे पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ निवासी २४ वर्षीय मुम्ताज मियालाई लागूऔषध ओनरेक्ससहित पक्राउ गरिएको हो। उनी बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको यात्रुबाहक सुमो जीपका चालक रहेको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सुरक्षाजाँचका क्रममा सुमो जीपबाट १ सय मिलिलिटरको २ सय २५ बोतल ओनरेक्स बरामद भएपछि मियालाई नियन्त्रणमा लिइएको हो। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट मियालाई पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको अर्यालले जानकारी दिए।...
१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

१३ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ, मुद्दा चलान

Breaking News 2, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा । मकवानपुर थाहा नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेका छन् । १३ बर्षीय छोरीलाई बलात्कार गरेको भन्दै ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित छारीले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक–पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ । पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।...
शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित  १०५ जना पक्राउ

शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित १०५ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएकाहरुलाई पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेको बताईएको छ । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।...
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

Breaking News 1, अपराध/ अनुसन्धान, मुख्य समाचार
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।  ...
सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक डीआईजी दिपक थापाले जानकारी दिए । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ । Onlinekhabar.com...
पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने

पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।   पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।...
अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, अपराध/ अनुसन्धान, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, समाचार
काठ्माउडौँ/ अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् । एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ । उनले गोली चलाउनुको कारण खुलेको छैन । परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।...
विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडा बाट सात करोड रुपैयाँ बराबरका सामान हराए

विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडा बाट सात करोड रुपैयाँ बराबरका सामान हराए

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौँडा/  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा हेटौँडामाबाट सात करोड रुपैयाँ बराबरका सामान हराएको छ । विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएको भन्दै वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिशसमेत गरेको छ । प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति गठन भएको थियो । हेटौँडाको जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही अघि बढाइएको महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले बताएका छन् ।...
१ सय ७५ केजी गाँजा सहित बकैँयाका सुमन र सुशील पक्राउ

१ सय ७५ केजी गाँजा सहित बकैँयाका सुमन र सुशील पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा/ लागु औषध गाजा सहित मकवानपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्रदेश ०३–००१ च १५८४ नं को पिकअप गाडीलाई जाँच गर्दा १ सय ७५ केजी गाँजा फेला पारेको हो । गाडी चालक मकवानपुर बकैया गाउँपालिका ४ का २४ वर्षीय सुमन लामा र बकैया ११ बस्ने २४ वर्षीय सुशील ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"