स्थानीय तह विशेष

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ । मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो । यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले...
लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  लेवट सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा–३, लेवट, मकवानपुरको आयोजनामा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज पौष ९ गते सम्पन्न भएको छ । बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दलकबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा तेजबहादुर रुम्बा, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा माया देवी पाठक पुड...
मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ । गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्‍याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो । आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा फेडोले ...
चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / चेपाङ समुदायको हक अधिकार, सामाजिक सुरक्षा र आवाससम्बन्धी समस्या समाधानका विषयमा केन्द्रित प्रदेश स्तरीय संवाद मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष निमि शेर्पाको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा प्रमुख आतिथ्यता रहेको थियो । संवादमा सहभागी चेपाङ समुदायका अगुवाहरूले दीर्घकालीन रूपमा रोकिएको प्रजा विकास कार्यक्रम फेरि सुचारु गर्नुपर्ने माग गर्दै, राज्यले चेपाङ बस्तीको वास्तविक अवस्था बुझेर तिनको जीवनस्तर उकास्न प्रतिबद्धता देखाउनुपर्ने धारणा राखेका थिए । रिद्धि सिद्धि सिमेन्ट उद्योग अन्तर्गतको चुनढुङ्गा खानीले प्रभावित भएका चेपाङ बस्तीहरू अव्यवस्थित र जोखिमपूर्ण स्थितिमा पुगेको जनाउँदै, ती बस्तीको तत्काल उद्धार, सुरक्षा र पुनस्र्थापना कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ...
एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा भिड्नेछन् भने दोस्रो खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली र लालीगुराँस एसोसिएन क्लब कास्की आमनेसामने हुनेछन् । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरूले आफूहरू उपाधिका बलिया दाबेदार रहेको दाबी गरेका छन् । क्लबका प्रशिक्षक र कप्तानहरूले टोलीमा राष्ट्रिय खेलाडी र स्थानीय प्रतिभाको संयोजन भएकाले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीका लागि एन्फाले उपलब्ध गराएको ७ लाख रुपैयाँ अपुग भएको सहभागी क्लबहरूको गुनासो पनि रहेको छ । तियोगिता एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुँदैछ, जसमा जिल्ला लिगका च्याम्पियन टोलीहरू प्रदेश लिग हुँदै छनोट भएर ...
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की 

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की 

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ । मेयर लामाले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफूलाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप तथा फेसबुकमै पोस्ट लेखेर समेत सामूहिक बलात्कार गर्ने धम्की आइरहेको जानकारी दिएकी छन् ।   हालै जेनजी आन्दोलनका क्रममा मधेसका विद्यार्थीलाई नगरको अधिकार क्षेत्र बाहिर रहेर छात्रवृत्ति दिनुपर्ने दबाब आएपछि, नगरले पहिलो प्राथमिकता आफ्नै नगरवासी नागरिकलाई दिनुपर्ने बताएको कारण उनलाई विवादमा तानिएको थियो ।त्यसक्रममा नगरपालिकाको कार्यालय र घरमा समेत आगजनी गरिएको थियो।  सो घटनापछि मेयर लामाले सार्वजनिक रूपमा माफी समेत मागेकी थिइन् । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहर घोषणा गर्न सहयोगी संस्थासँग सम्झौता गर्दै गर्दा, उनले फेसबुकमार्फत आफ्नो मनको चिन्ता व्यक्त गरेकी हुन् । मेयर लामाल...
स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मल्टिमिडिया, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा ...
हेटौंडामा तिहार लक्षित बजार अनुगमन

हेटौंडामा तिहार लक्षित बजार अनुगमन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडामा तिहार लक्षित बजार अनुगमन सुरु गरिएको छ । तिहार नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजगर गर्दै बुधवारदेखि उद्योग तथा वाणिज्य कार्यालय मकवापुरका प्रमुख रामप्रसाद भुसालको नेतृत्वमा बजार अनुगमन थालिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर , हेटौंडा उपमहानगरपालिका , मकवापनुर उद्योग वाणिज्य संघ , उपभोक्ता हकहित संरक्षण मंचको संयुक्त टोलीले हेटौंडा बजारमा रहेका व्यवसायिक पसलहरुको अनुगमन गरिएको थियो । बुधवारदेखि सुरु भएको अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षहरुको अनुगमन गरिएको प्रमुख भुसालले बताए । हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएसँगै अनुगमन टोलीले व्यवसायिक पसलहरुमा विक्रि गर्न राखिएको प्लाष्टिकका फुलहरु हटाउन निर्देशन दिएको प्रमुख भ...
हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा  /  शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ ।  उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष  दिपक खड्का  रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष  दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य यु...
सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

सामाजिक अभियन्ता वाईबाको अगुवाइमा घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

Breaking News 2, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  सामाजिक अभियन्ता संगिता वाईबाको अगुवाइमा हेटौंडा–१४ निवासी बाबुलान घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा वाईवाले संकलित रकम र खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । दुई दिने सामाजिक सञ्जाल अभियानमार्फत ३२ हजार ५६५ रुपैयाँ संकलन भएको थियो । सोमध्ये १४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र १७ हजार ७६५ रुपैयाँ नगद घलान परिवारलाई प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका बाबुलान घलानको खुट्टा भाँचिएर रड हालिएको छ । उनकी पत्नी सानु माया थिङ विगत दुई वर्षदेखि प्यारालाइसिसका कारण अपाङ्ग अवस्थामा छन् । उनको एक हात र खुट्टा काम नगर्ने अवस्थामा छ । परिवारमा एक छोरा पनि रहेका छन् । सहयोग कार्यक्रममा वाईवाले घलान परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उपचार खर्चका लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । वाईवाले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"