हेटौंडा / लेवट सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा–३, लेवट, मकवानपुरको आयोजनामा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज पौष ९ गते सम्पन्न भएको छ ।

बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दलकबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा तेजबहादुर रुम्बा, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा माया देवी पाठक पुडासैनी, कोषाध्यक्षमा सम्सेर मोक्तान तथा सह–सचिवमा सोमबहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा संगिता मोक्तान, सरिना परियार, उमा नहर्की, दिर्घबहादुर पाण्डे, चन्द्रकुमारी थापा, मिना जिम्बा, बिरबल घिसिङ, अम्बरबहादुर स्याङ्तान, शान्तिमाया गोले र सुमन महत रहनुभएको छ ।





























