चेपाङ समुदायका हक अधिकारको मागसहित प्रदेशस्तरीय संवाद हेटौंडामा सम्पन्न

Advertisement

हेटौंडा / चेपाङ समुदायको हक अधिकार, सामाजिक सुरक्षा र आवाससम्बन्धी समस्या समाधानका विषयमा केन्द्रित प्रदेश स्तरीय संवाद मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।

राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष निमि शेर्पाको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा प्रमुख आतिथ्यता रहेको थियो ।

संवादमा सहभागी चेपाङ समुदायका अगुवाहरूले दीर्घकालीन रूपमा रोकिएको प्रजा विकास कार्यक्रम फेरि सुचारु गर्नुपर्ने माग गर्दै, राज्यले चेपाङ बस्तीको वास्तविक अवस्था बुझेर तिनको जीवनस्तर उकास्न प्रतिबद्धता देखाउनुपर्ने धारणा राखेका थिए । रिद्धि सिद्धि सिमेन्ट उद्योग अन्तर्गतको चुनढुङ्गा खानीले प्रभावित भएका चेपाङ बस्तीहरू अव्यवस्थित र जोखिमपूर्ण स्थितिमा पुगेको जनाउँदै, ती बस्तीको तत्काल उद्धार, सुरक्षा र पुनस्र्थापना कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । उनीहरूले चेपाङ परिवारहरूको बसोबास अत्यन्तै कमजोर र अस्थिर रहेको उल्लेख गर्दै, समुदायको प्रकृति, भूगोल र आर्थिक अवस्थालाई अध्ययन गरेर छुट्टै चेपाङ जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मन्त्री देवकोटाले चेपाङ समुदाय प्रदेशकै संवेदनशील जाति समूहमध्ये एक भएकाले उनीहरूको आवास, सेवा सुविधा र समग्र जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उँहाले सरकार प्रभावित बस्तीहरूको उद्धार तथा आवास व्यवस्थापनबारे आवश्यक कदम चाल्न तयार रहेको स्पष्ट पार्नु भएको छ । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष गोभिन्द राम चेपाङ , प्रदेश अध्यक्ष खुसि लाल चेपाङ , मकवानपुर अध्यक्ष महेश चेपाङ लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"