मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Advertisement

हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ ।

मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । उक्त कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिनुभयो। तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताउनुभयो ।

यसैगरी तामाङ सेलोका चर्चित कलाकार गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बा लगायत अन्य कलाकारहरूको गायन प्रस्तुति रहनेछ । साथै विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि समावेश हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा–डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायतका परिकारको स्टल राखी प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा वडा नम्बर १ का वडा अध्यक्ष आइत सिंह लो , समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"