मकवानपुरमा फेडोद्वारा ३० दलित महिला समूहलाई बीउँ पूँजी सहयोग

Advertisement

हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ ।

गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्‍याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो ।

आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा

फेडोले दलित महिलालाई छोटो तथा मध्यम स्तरका व्यवसायमा संलग्न गराउँदै आर्थिक क्षमतामा वृद्धि ल्याउने उद्देश्यले यो योजना लगातार तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सहभागी महिलाहरूले फेडोको परियोजनाले आफूहरूलाई उद्यमको ज्ञान, सीप विकास र काम सुरु गर्ने आत्मविश्वास दिएको प्रतिक्रिया दिएका छन् ।

बिना ब्याज ६ महिनासम्म प्रयोग

फेडोका अनुसार उपलब्ध गराइएको बीउँ पूँजी छ महिनासम्म बिना ब्याज प्रयोग गर्न पाइन्छ। हालसम्म ४६ महिलाले यो योजनाबाट लाभ उठाएर सफल उद्यमी बनेका छन् ।

परियोजनाको पहिलो वर्ष १० समूहलाई ४२ हजार र दोस्रो वर्ष १० समूहलाई ३५ हजार रुपैयाँ पुर्‍याइएको थियो । समूहको सिफारिसमा सदस्यलाई रिफन्डेबल कोष स्वरूप बीउँ पूँजी दिइन्छ। एक महिनाभित्र व्यवसाय सुरु गर्नुपर्ने र ६ महिनाभित्र समूहलाई पूँजी फिर्ता बुझाउनुपर्ने व्यवस्था छ। समयमै काम अघि नबढे फेडोले रकम फिर्ता लैजाने नियम लागू गर्दै आएको छ । कार्यक्रम नेपालमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटीको सहयोगमा सञ्चालित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"