मनोरञ्जन

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

Breaking news 3, मनोरञ्जन, समाचार
मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएका छन् । बकैया गाउँपालिका–३ हात्तिसुडे स्थायी निवासी लामा हाल युएईलाई कर्मथलो बनाएर बस्दै आएका छन् । उनले हालै नयाँ गीत सार्वजनिक गरिसकेका छन्। चर्चित गायिका जितु लोप्चनसँगको सहकार्यमा तयार गरिएको नयाँ सांगीतिक कोसेली बजारमा आइसकेको छ । सानै उमेरदेखि कला, धर्म, संस्करण र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लाग्दै आएका लामा लामो अन्तरालपछि पुनः दर्शक–श्रोतामाझ प्रस्तुत भएका हुन् । उनले आउँदो ल्होसारको अवसर पारेर आधा दर्जनभन्दा बढी नयाँ गीत सार्वजनिक गर्ने तयारीसमेत पूरा भएको जानकारी दिएका छन् । गायक लामाका अनुसार दर्शक तथा श्रोताका लागि छिट्टै थप नयाँ सांगीतिक कोसेली लिएर आउने तयारी भइरहेको छ। उनको पुनरागमनले स्थानीय तथा तामाङ सांगीतिक क्षेत्...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

Breaking News 1, मनोरञ्जन, समाचार
मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, बागमती नगर कार्यसमिति सर्लाहीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ ६ गते भरत ताल परिसरमा सर्लाहीमा सञ्चालन हुने समितिका अध्यक्ष रोशन दोङले जानकारी दिए । कार्यक्रममा तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक फूल कुमार बोम्जन, विशाल काल्तान, सजिव घिसिङ तथा गायिकाहरू सुमिना लो र रेश्मा बज्रनको सांगीतिक प्रस्तुति रहनेछ । साथै मिस तामाङ–२०२४ रिया लामा र मोडल याङ्गी दोङको पनि उपस्थिति रहने अध्यक्ष थिङले बताए । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावे...
मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ सांगीतिक क्षेत्रमा नयाँ र मौलिक सिर्जनाका रूपमा गायक मिलन दोेङको आवाजमा सजिएको गीत ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुने भएको छ । मेल्वान म्युजिकको प्रस्तुतिमा तयार भएको यस गीतले तामाङ समुदायको संस्कृति, परम्परा र मौलिक बाजागाजालाई समेट्ने प्रयास गरेको निर्देशक शुभराज भोम्जनले बताएका छन् । गीतमा शब्द तथा संगीत गायक मिलन दोङकै रहेको छ भने एरेञ्ज चन्द सिंह मिक्स तथा दिपेश प्रधान डिप स्टुडियोले गरेका छन् । गीतको रेकर्डिङ नेपाल र कोरियास्थित सुपरमिक्स स्टुडियोमा गरिएको छ । गीतको भिडियोमा शर्लिन तामाङ, शोभा तामाङ, दावा फिन्जो योञ्जन, निर तामाङ, राजकुमार स्याङ्तान, गणेश योञ्जन, मनोज तामाङ, नोर्बु लामा र धनराज ब्लोनको अभिनय रहेको छ । भिडियो छायाङ्कन अमिर योञ्जन तामाङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन सूर्य लामाले गरेका हुन् । पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनल...
‘रानी’ तामाङ पप गीत  सार्वजनिक,

‘रानी’ तामाङ पप गीत सार्वजनिक,

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौडा /  ओपेरा डिजिटलको प्रस्तुतिमा तयार गरिएको नयाँ तामाङ पप गीत ‘रानी’ शुक्रवार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतका संगीतकार तुलसी गौतम, पत्रकार महासंग मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा सहित सांगीतिक क्षेत्रका कलाकार, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । गीतमा गायक विक्रम लुङ्वाको स्वर तथा अभिनय समावेश छ । भिडियोमा उनले मोडल आकाञ्छा तामाङसँग अभिनय गरेका छन् । गीतका शब्द सुरेश मोक्तानले लेखेका हुन् तुलसी गौतमले संगीत भरेका छन् । https://youtu.be/y3Q4-skvFQQ?si=cmo6FszzlFNAc-oU गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् । भिडियोको निर्देशन युद्ध लामाले गरेका छन् । छायांकन दुर्गा श्रेष्ठ, सम्पादन विक्रम लुङ्वा, र रंग संयोजन बिनोद बमको रहेको छ । ओपेरा डिजिटल मार्फत सार्वजनिक गरिएको ‘रानी’ गीतलाई...
“वाला वाला ग्राम्बा” संगीत भिडियो सार्वजनिक

“वाला वाला ग्राम्बा” संगीत भिडियो सार्वजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/  बुद्धालिङ मिडिया प्रोडक्सनको प्रस्तुतिमा तयार गरिएको नयाँ सांगीतिक भिडियो ‘वाला वाला ग्राम्बा’ शुक्रबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । लोक आधुनिक शैलीमा तयार गरिएको गीतमा तामाङ समुदायको सांस्कृतिक पहिचान, मौलिक भेषभूषा र नेपालको लेकालि परिवेशलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा प्रकाश तामाङ तितुङ, युद्ध लामा, विक्रम लुङ्वा र सुमिना लो का स्वर रहेका छन् । यी चारै जना कलाकारहरु तामाङ सेलो क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पहिचानप्राप्त कलाकार हुन् । गीतका शब्द तथा संगीत चन्द्र कुमार दोङका हुन् भने कार्साङ लामाले पुन संयोजन गरेका छन् । गीतको मिक्सिङ सानु बाबु घिसिङले गरेका हुन् । सार्वजनिक गरिएको भिडियोमा युद्ध लामा, प्रकाश तामाङ तितुङ, विक्रम लुङ्वा र आकाङ्छा तामाङलगायत कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन र रङ ...
तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’  शनिवार बिशेष प्रदर्शनमा

तामाङ समुदायको मौलिक कथा चलचित्र ‘ह्याङ तामाङ’ शनिवार बिशेष प्रदर्शनमा

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार
हेटौंडा / तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शनमा आएको छ । हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित चलचित्र शनिवार प्रदर्शनमा आएको हो । प्रदर्शनमा दर्शकहरूको व्यापक उपस्थिति रहेको थियो । चलचित्रका नायक सिताराम गोलेका अनुसार ‘ह्याङ तामाङ’ले तामाङ समाजको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई गहिरोसँग प्रस्तुत गरेको छ । उहाँले चलचित्रले तामाङ समुदायको आत्मा, पहिचान र भावनालाई प्रभावकारी ढंगले दर्शकसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । निर्माण टोलिका अनुसार चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानहरूमा गरिएको हो । चलचित्रमा अभि लामा, अनिता गोले, जय स्याङ्तान , निर्मला मोक्तानलगायतका कलाकारहरूको सशक्त अभिनय समावेश छ ।...
तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, समाचार
अन्जना तामाङ हेटौंडा/  तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमिइर शो प्रदर्शन हुने भएको छ ।   शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सिताराम  गोलेले ‘ह्याङ तामाङ’ तामाङ रितिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने बताउनु भएको छ । चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङ लगायतका क्षेत्रमा गरिएको जानकारी दिनुभयो । नायक स्याङ्तानले ...
कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

Breaking news 3, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र, ब्शान शाखा, जेजुदो शाखा, छल्लादो शाखाको सयुक्त आयोजनामा हुन लागेको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सेप्टेम्बर ६ र ७ मा छुङछङनाम्दोको थेआन्गुनमा हुन लागेको बृहत बनभोज कार्यक्रममा लिम्बू समुदायको परिकारहरुको स्वाद संगै मौलिक संस्कृति यालाङ केलाङको साथमा रम्न पाउने छ । संस्थाको रजत जयन्तीको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कोरियाको बिभिन्न स्थानहरुबाट लिम्बू समदुय तथा गैर लिम्बू समुदायको व्यक्तिहरुको सहभागिता रहने छ । बनभोज कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन संगै सुवनबाट बसको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ । त्यसैगरी बनभोज कार्यक्रममा सहभागि हुनको लागि शुल्क लाग्ने जनाएको छ । आयोजकले बताए अनुसार बनभोज कार्यक्रममा सहभागि ...
ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, रोचक, समाचार
हेटौंडा / ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ । गितमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र व्यवस्थापन गरेका हुन् । भिडियोलाई युद्व लामाले निर्देशन गरेका छन् । सार्वजनिक गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङ्ले अभिनय गरेका छन् । उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक अभिनयले भिडियोलाई रोमान्टिक र आधुनिक बनाएको छ । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् । यसै गरी आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा ख्यातिप्राप्त गायकका रूपमा परिचित छन् । उनी आफ्नै गाएको गीतमा मोडलिङ गर्ने कलाकारका रूपमा पनि लोकप्रिय छन् । यस गीतमा स्वर दिने अर्की गायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा च...
शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा फुटबल प्रतियोगिता हुदैं

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मनोरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ शहीद रुद्र पाखिन , वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि सुरु हुने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा हुने प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहनेछ । आयोजको अनुसार प्रतियोगितामा सहभागी टिमहरूले रु ५ हजार ५ सय रुपैयाँ इन्ट्रि फि तिर्नुपर्ने छ । त्यस्तै प्रतियोगितामा पहिलो हुने टिमलाई पुरस्कार रु. ७५ हजार र दोस्रो हुने टिमलाईरु. ४० हजार प्रदान गरिने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । टिम दर्ताको अन्तिम म्याद जेठ २४ गते बिहान १० बजेसम्म तोकिएको अध्यक्ष लामाले बताउनुभयो । आयोजकले सिट सीमित रहेको जानकारी दिँदै इच्छुक ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"