सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

Advertisement

मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल तामाङ घेदुङ, बागमती नगर कार्यसमिति सर्लाहीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ ६ गते भरत ताल परिसरमा सर्लाहीमा सञ्चालन हुने समितिका अध्यक्ष रोशन दोङले जानकारी दिए । कार्यक्रममा तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक फूल कुमार बोम्जन, विशाल काल्तान, सजिव घिसिङ तथा गायिकाहरू सुमिना लो र रेश्मा बज्रनको सांगीतिक प्रस्तुति रहनेछ । साथै मिस तामाङ–२०२४ रिया लामा र मोडल याङ्गी दोङको पनि उपस्थिति रहने अध्यक्ष थिङले बताए ।

त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावेश गरिने जनाइएको छ । सोनाम ल्होछारको अवसरमा आयोजना गरिने यस कार्यक्रमले तामाङ समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ । नेपाल तामाङ घेदुङले सम्पूर्ण समुदाय, शुभेच्छुक तथा संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक उत्सवलाई भव्य रूपमा सफल बनाउन आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिना...
८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा ...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा श...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"