सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने
मकवानपुर/ तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल तामाङ घेदुङ, बागमती नगर कार्यसमिति सर्लाहीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ ६ गते भरत ताल परिसरमा सर्लाहीमा सञ्चालन हुने समितिका अध्यक्ष रोशन दोङले जानकारी दिए । कार्यक्रममा तामाङ संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा गायक फूल कुमार बोम्जन, विशाल काल्तान, सजिव घिसिङ तथा गायिकाहरू सुमिना लो र रेश्मा बज्रनको सांगीतिक प्रस्तुति रहनेछ । साथै मिस तामाङ–२०२४ रिया लामा र मोडल याङ्गी दोङको पनि उपस्थिति रहने अध्यक्ष थिङले बताए ।
त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति समेत समावे...