तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

Advertisement

अन्जना तामाङ
हेटौंडा/  तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमिइर शो प्रदर्शन हुने भएको छ ।

 

शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सिताराम  गोलेले ‘ह्याङ तामाङ’ तामाङ रितिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने बताउनु भएको छ ।

चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङ लगायतका क्षेत्रमा गरिएको जानकारी दिनुभयो । नायक स्याङ्तानले विभिन्न भौगोलिक र सांस्कृतिक स्थानहरूमा गरिएको छायांकनका कारण चलचित्रले तामाङ जातिको जीवनशैलीलाई अझ प्रामाणिक रूपमा प्रस्तुत गर्न सकेको बताउनुभएको छ । निर्माण पक्षका अनुसार चलचित्र निर्माणमा ३०–३५ लाख रुपैयाँ खर्च भएको छ । चलचित्रमा ख्याती प्राप्त कलाकारहरूको समेत सहभागिता रहेको छ । अभि लामा, अनिता गोले, निर्मला मोक्तानलगायतका कलाकारले चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तामाङ समुदायका चर्चित कलाकारहरूको उपस्थिति बनेको यस चलचित्रले सांस्कृतिक पक्षलाई मात्र नभई मनोरञ्जन र सामाजिक सन्देशलाई पनि प्राथमिकता दिएको निर्माण टोलीको भनाइ छ ।

चलचित्रको निर्देहन प्रबल लमाले गर्नु भएको हो भने सह निर्देशन निमा लामाले गर्नु भएको हो ।पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण टोलीले हेटौंडामा हुने प्रदर्शनपछि चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लाहरूमा क्रमिक रूपमा सार्वजनिक गर्दै लैजाने योजनासमेत प्रस्तुत गरे। स्थानीय समुदाय, तामाङ संघसंस्था तथा युवा कार्यकर्ताहरूले चलचित्रलाई उत्तिकै उत्साहका साथ स्वागत गर्ने अपेक्षा व्यक्त गरिएको छ । आगामी मङ्सिर २० गते ओम्याक्स हलमा हुने प्रदर्शनलाई उद्देश्य बनाएर निर्माण टोली अहिले प्रचारप्रसारमा व्यस्त रहेको छ । तामाङ कला, संस्कृति र कथामा चासो राख्ने दर्शकहरूका लागि ‘ह्याङ तामाङ’ एक महत्वपूर्ण सिनेम्याटिक अनुभव हुने विश्वास लिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"