Day: ६ महिना अगाडि

तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

तामाङ कथामा आधारित चलचित्र ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौंडामा प्रदर्शन हुने

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, समाचार
अन्जना तामाङ हेटौंडा/  तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमिइर शो प्रदर्शन हुने भएको छ ।   शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सिताराम  गोलेले ‘ह्याङ तामाङ’ तामाङ रितिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने बताउनु भएको छ । चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङ लगायतका क्षेत्रमा गरिएको जानकारी दिनुभयो । नायक स्याङ्तानले ...
मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने

मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने

Breaking news 3, मल्टिमिडिया, विचार/ लेख/रचना/ साहित्य, समाचार
मकवानपुर / मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो । पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौँडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएका उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘जिल्लाभरीका विद्यार्र्थीहरूलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ । उहाँले मकवानपुर जिल्लाभरिक...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"