मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने
मकवानपुर / मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौँडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएका उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘जिल्लाभरीका विद्यार्र्थीहरूलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ ।
उहाँले मकवानपुर जिल्लाभरिक...








