सेयर मार्केटको बारेमा सिकाउदै गरेकि नविना

Advertisement

तपाईंले Nepse knowledge नामक च्यानलमा एउटा मसिनो आवाजको मीठो स्वर सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने एकपटक सुन्नु होला । त्यहा नेप्से नलेजको बारेमा सिकाइका भिडियो र आवाजहरु छन भने त्यो आवाज र सिकाउने व्यक्ति हुन् नविना श्रेष्ठ ! नेपाल सेयर मार्केटको बारेमा प्रारम्भिक चरणबाट सिकाउन उनले आफ्ना सृजनसिल कदमहरु अगाडि बढाएकि छिन् । उनले सेयर मार्केटको बारेमा सिकाउन त्यतिकै अग्रसर भएकि होइनन् आउनुहोस एकपटक नविना लाई पढौं …

लेखक: अजय सोडारी हाल दक्षिण कोरिया

सन् 2016 को जुनमा कृषि क्षेत्रमा कोरिया आएकि नविना श्रेष्ठ करिव छ बर्ष दक्षिण कोरियामा रहेर काम गरिन् कोरियाको काम,मेहनत र संघर्ष लाई राम्रो संग बुझेकि नविना कोरियाली भुमिमा धेरै दुख र अप्ठ्याराहरु भोगेको बताउछिन् साथै अझै थप्छिन हामि नेपाल बाट जस्तो अपेक्षा र सोचाइ राखेर कोरिया हानिन्छौ तर कोरिया पुगेपछि धेरै फरक पाउछौ,भाषामा फरक,बसाइँमा फरक,खानामा फरक,यात्रामा फरक,काममा त कति फरक हो कति कोरियाले मलाई केही नयाँ गर्नुपर्छ भन्ने आत्मविश्वास दिलाएको छ । परिश्रम र मेहनत नगरि वितेका दिनहरु खेर गएका दिनहरु हुन,पलपल र क्षण क्षणका समय सदुपयोग गर्नुपर्छ भन्ने पाठ कोरियाले सिकाएको उनी बताउछिन् । दक्षिण कोरियाको मिर्याङ सिको एउटा कृषि फर्ममा काम गरेकि नविना फिनिल हाउस भित्रको कैद जीवन सम्झिदा अहिले पनि उनका मुहारमा खुसि भेटिदैन । आफनो सारीरीक बस् भन्दा माथिका काम गर्दा आफुलाई सार्है असहज हुने उनी अहिले पनि महसुस गर्छिन्, यो देश मान्छेलाई भन्दा पनि कामलाई माया गर्ने देश रहेछ ,मान्छेको शक्ति र पाखुरा लाई मन पराउने देश रहेछ,हामी फिनिल हाउस भित्र काम गर्दागर्दा असहज र बिरामी सम्म हुदा साहुले हामीलाई कहिल्यै वास्ता गरेन जब कुनै कारणले एउटा बोट विरुवा ढल्छ वा सुक्छ उसलाई बचाउन हदै सम्मको प्रयास र मेहनत गर्न लगाउथ्यो अनि हामीलाई बेस्सरी कराउथ्यो । कस्ता मानवीय संमम्वेदना हराएका साहुहरु उनि ती पल अहिले पनि सम्झिन्छन् ।

आठ घण्टाको पैसा दिएर दस घण्टा अथवा त्यहा भन्दा माथि काम गराउने उनिहरुको शैलिले आफुहरु धेरै श्रम शोषणमा परिरहने गरेको पनि उनको अनुभव छ,बस्ने ठाउँ मृत्यु को पिजडा जस्तो कतिखेर सर्प आएर टोक्ने हो थाहा नै नहुने उनको बस्ने ठाउपनि राम्रो थिएन,रातिराति सर्प आएर तर्साउथ्यो,सुत्ने बेलामा बाच्ने आसाले रुनु पर्थ्थो । कृषि क्षेत्रमा अथवा उनि काम गर्ने र बस्ने कम्पनीको आवास क्षेत्र राम्रो थिएन उनी थुप्रै अल्झन र असहजतामा उक्त कम्पनिमा तीन बर्ष काम गरिन् र अन्तिममा उक्त कम्पनी छोड्ने मनसाय गरिन् र अर्को कम्पनि खोजिको तयारीमा ग्याङ्गी प्रान्तको इछन सिको यात्रा तय गरिन् । उनको अबको आशा धेरै ठूलो छैन हप्तामा एउटा विदा मिलोस,चैनले सुत्न पाइने ठाउँ होस माइनस 15 र प्लस  40 डिग्रीको  गर्मिमा शरीर नै ढल्ला जस्तो हुने ठाउमा काम गर्न नपरोस उनले चाहेको यति थियो तर काम खोज्ने समयको 80 दिन कटि सक्दा पनि उनले अलि सहज कम्पनी भेट्न सकिनन् फेरि फिनिल हाउसकै यात्रा तय गरिन् उक्त कम्पनिमा बोली व्यवहार र साउ राम्रो तर काम अगाडिको कम्पनी जस्तो फिनिल हाउसको माथि माथि चढेर काम गर्नुपरेको उनी वताउछिन् । आजको समस्या समाधान गर्दा गर्दै भोलि आइपर्ने अर्को समस्या नै जिन्दगी रहेछ ।

कोरियामा रहदामै उनले आफुलाई जन्म दिने बुबा गुमाइन् र बुबाको अन्तिम मुख सम्म हेर्न पाइनन् र घर पनि जान पाइनन् उनी ती दिन सम्झिदा अहिले पनि आखाभरी आँसु बनाउछिन् । मेरो देशको बाध्यता हामी परदेशिका बाध्यता जब बाबू आमा हुन्छन् हामी हुदैनौ जब हामी हुन्छौ बाबुआमा रहदैनन् उनले बढो मलिन स्वरमा भनिन् मेरो त्यो क्षण फिनिल हाउस भित्रको माइनस 15 डिग्रिको चिसो भन्दा दर्दनाक क्षण हो । बाबाको माया,स्नेह र सेक्रिफाइज उनी कहिल्यै भुल्नै सकदिनन् विदेशमा नेपाली भन्दा अरु देशका संगै काम गर्ने केटिहरु आफ्ना दुःखमा साहरा बने,आफुलाई सम्झाउने माध्यम बने तर आफ्नै देशका साथिहरु पराइ बने उनले कोरिया बाट धेरै कुरा भोगिन् दुख भोगिन,संघर्ष भोगिन,साथित्व भोगिन्,माइनस 15 डिग्रिको जाडो भोगिन् प्लस 40 डिग्रिको गर्मि भोगिन,खाउला झै गर्ने साहु भ‍गिन्,दुख पर्दा टाढिने आफ्नै देशका साथि भोगिन् ,बाबा गुमाउनुको पीडा भोगिन थुप्रै कुरा भोगिन् । उनी ईपीएस अन्तर्गतको पाँच बर्ष र एक कर्ष थप कोराना भिषा सकाएर सन 2022 मेमा नेपाल फर्किन् । उनी नेपाल त्यसै फर्केकि होइनन् कोरियामा केही नयाँ सिकेकि छन्,कोरियाको कामको साथ साथै उनले नेपाल सेयर मार्केटको बारेमा बढो मिहिन ढंगले अध्ययन पनि गरीन् ,लगानी पनि गरिन् काम पनि गरिन्,कोरियाको व्यस्त समयको बाबजुद पनि उनले सेयर मार्केटको बारेमा गहिरो अध्ययन गरिन र त्यहि अध्ययन र आफनो बुझाई र भोगाइ लाई दृश्य मार्फत अरुलाई देखाउन चाहाना राखिन् र उनी अझै थप्छिन् सेयर मार्केट धेरै बुझनु पर्ने र पढ्नुपर्ने क्षेत्र हो तर धेरै मानिसहरु नबुझी यो क्षेत्रमा लागेर आफना लगानी डुबाएका छन्,समय खेर फालेका छन् पछुताएका छन,त्यसैले पनि मैले जानेको बुझेको अरुलाई सेयर गर्नुपर्छ भनेर नेप्से नलेज (Nepse knowledge) युटुव च्यानल फार्फत नयाँ सृजना अगाडि बढाएको छु । आगामी दिनमा पनि आफू यसै क्षेत्र र अध्ययनमा रहने उनको ढृड ईच्छा र संकल्प छ । एकजना चेलिको यो भोगाइ र साहस बाट सबैले केही न केही नयाँ सिक्नुपर्छ र उहाँको यो कदम र प्रयास लाई साहयता पनि गर्नुपर्छ । धन्यवाद ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"