अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत
काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो ।
तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यस...



