ओडिशाको विश्वविद्यालयमा नेपाली छात्राको मृत्युपछि राज्य सरकारद्धारा छानबिन सुरु
भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ ।
कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै विश्वविद्यालय प्रशासनले मृतक छात्राका अभिभावकलाई तुरुन्तै जानकारी गराएको ओडिशा सरकारको सूचना तथा जनसम्पर्क विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ओडिशा सरकारले यस दुःखद घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारजनप्रति ऐक्यभाव व्यक्त गरेको छ । साथै, घटनाको गम्भीरताका साथ छानबिन सुरु भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा फरेन्सिक टोलीले पनि प्रमाण सङ्कलनको कार्य गरिरहेको छ । राज्य सरकारले घट...






