खेलकुद

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती  डिफेन्स पोजिसनमा छनोट

राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती डिफेन्स पोजिसनमा छनोट

Breaking News 2, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा / नेपालको राष्ट्रिय महिला हक्की टोलीमा मकवानपुरकी खेलाडी किर्ती पुलामी मगर डिफेन्स पोजिसनमा छनोट भएकी छन् । नेपाल हक्की संघ ले हालै महिला तथा पुरुष राष्ट्रिय हक्की टोलीको घोषणा गर्दै नयाँ जर्सीसमेत सार्वजनिक गरेको हो। उक्त अवसरमा सार्वजनिक गरिएको २६ सदस्यीय महिला टोलीमा किर्ती मगर डिफेन्स लाइनमा समावेश भएकी हुन् । राष्ट्रिय टोलीमा उनको समावेशीकरणसँगै टोलीको रक्षात्मक पक्ष थप मजबुत बन्ने अपेक्षा गरिएको छ । निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणका कारण उनले राष्ट्रिय स्तरसम्म आफ्नो स्थान बनाउन सफल भएकी हुन् । किर्ती मगरको यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई मकवानपुर जिल्लाकै लागि गर्वको विषय बनेको छ। जिल्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीको रूपमा उनको उपस्थितिले स्थानीय स्तरमा हक्की खेलप्रति आकर्षण बढ्नुका साथै नयाँ खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।...
सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार
हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले प्रतियोगिता यहि चैत्र २७ गते देखि हुने जानकारी गराएको हो। प्रतियोगिता मकवानपुर गढी–२ स्थित कुर्ले दमार चौरमा सञ्चालन हुने जनाइएको । आयोजक खेलकुद विकास समितिका अध्यक्ष बाबु स्याङ्तानका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी तीव्र रूपमा भइरहेको छ । उहाँले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण वृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरी समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई ५० हजार रुपैया...
एन्फा प्रेसिडेन्ट लिग :  चित्लाङ एफसीको विजयी शुरुवात

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङ एफसीको विजयी शुरुवात

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित एन्फा प्रेसिडेन्ट लिग हेटौंडामा सुरु भएको छ । बुधबार हेटौंडा–६ गौरीटार रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले शानदार प्रदर्शन गर्दै देउराली युथ क्लब (देउराली) लाई ४–१ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो । चित्लाङका लागि चन्दन कुमार दास ले ३२औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि लाहान सुब्बा (४७’), विज्ञान खड्का (४८’) र मदन स्याङ्तन (८८’) ले एक–एक गोल थप्दै फराकिलो जित सुनिश्चित गरे। देउरालीका रामचन्द्र वाजी ले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काएका थिए । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चित्लाङका जय गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (का...
एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

Breaking News 2, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा भिड्नेछन् भने दोस्रो खेलमा बिजय स्पोर्ट्स क्लब कैलाली र लालीगुराँस एसोसिएन क्लब कास्की आमनेसामने हुनेछन् । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरूले आफूहरू उपाधिका बलिया दाबेदार रहेको दाबी गरेका छन् । क्लबका प्रशिक्षक र कप्तानहरूले टोलीमा राष्ट्रिय खेलाडी र स्थानीय प्रतिभाको संयोजन भएकाले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको तयारीका लागि एन्फाले उपलब्ध गराएको ७ लाख रुपैयाँ अपुग भएको सहभागी क्लबहरूको गुनासो पनि रहेको छ । तियोगिता एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुँदैछ, जसमा जिल्ला लिगका च्याम्पियन टोलीहरू प्रदेश लिग हुँदै छनोट भएर ...
एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

Breaking news 3, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौँडा/  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ सञ्चालन हुने भएको छ । सोमबार हेटौंडामा एन्फाले पत्रकार सम्मेलको आयोजना गर्दै आगामी कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हेटौँडा–६ स्थित गौरीटार रंगशालामा प्रतियोगिता हुने जानकारी दिएको हो । एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना हुने यस प्रतियोगितामा एन्फामा आवद्ध जिल्ला लिगका विजेता तथा प्रदेश लिगबाट छनोट भएका १० टिमहरूको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो । सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलहरू सञ्चालन गरिने प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टिमलाई तालिम (ट्रेनिङ) का लागि हेटौँडा नगरपालिका भित्रका दुई खेल मैदा...
स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मल्टिमिडिया, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा ...
हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा  /  शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ ।  उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष  दिपक खड्का  रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष  दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य यु...
नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाण्डौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी २०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन । नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।...
स्व. साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

स्व. साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले असोज ९ देखि ११ गतेसम्म आयोजना गर्न लागिएको “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता–२०८२” स्थगित गरेको छ । समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले बुधबार जानकारी दिँदै अर्को सूचना नआएसम्म प्रतियोगिता सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता स्थगित गर्नुपर्नु परेको भए पनि उचित समय र परिस्थितीअनुसार नयाँ मिति तोकिएपछि सबैलाई जानकारी गराइनेछ । गत असोजमा कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा ज्यान गुमाएका युवा खेलाडी साइमन योन्जनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको थियो। मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने भनिएको प्रतियोगिता मार्फत स्थानीय खेलाडीको प्रतिभा प्रदर्शनसँगै समुदायमा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्य रहेको समितिले जनाएको थियो ।...
मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

Breaking News 1, खेलकुद, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  विद्यालयका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय ‘फुटबल फर स्कूल्स’ कार्यक्रम मकवानपुर जिल्लामा औपचारिक रूपमा प्रारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा हेटौंडा–६ गौरीटार रंगशालामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रम शुभारम्भ गर्नुभयो । फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रममार्फत विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकालाई फुटबलसँग जोड्ने लक्ष्य लिइएको छ । नेपालमा ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमअन्तर्गत ३२ हजार ६ सय ४० फुटबल वितरण गरिने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो। मकवानपुरमा भने २२ विद्यालय यस अभियानमा सहभागी हुनेछन् । मुख्यमन्त्री बानियाँल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"