एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौँडामा आयोजना हुने

Advertisement

हेटौँडा/  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ सञ्चालन हुने भएको छ । सोमबार हेटौंडामा एन्फाले पत्रकार सम्मेलको आयोजना गर्दै आगामी कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हेटौँडा–६ स्थित गौरीटार रंगशालामा प्रतियोगिता हुने जानकारी दिएको हो ।

एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना हुने यस प्रतियोगितामा एन्फामा आवद्ध जिल्ला लिगका विजेता तथा प्रदेश लिगबाट छनोट भएका १० टिमहरूको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो । सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलहरू सञ्चालन गरिने प्रवक्ता शाहले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जनाएको छ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टिमलाई तालिम (ट्रेनिङ) का लागि हेटौँडा नगरपालिका भित्रका दुई खेल मैदानको व्यवस्था समेत गरिएको छ । प्रतियोगिताको स्थानीय आयोजकको जिम्मेवारी मकवानपुर जिल्ला फुटबल संघ ले लिएको छ । यसै गरी प्रतियोगितामा विजेता टिमले नगद रु. १० लाख र उपविजेता टिमले नगद रु. ५ लाख सहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीहरुको लागि पनि नगत पुरस्कारको व्यवस्था गरिएको छ भने प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई टिम तयारी खर्चका रूपमा रु. ७ लाख प्रदान गरिने एन्फाले जनाएको छ ।

एन्फाका अनुसार प्रतियोगिताको कुल बजेट रु. १ करोड ५४ लाख ५४ हजार ४२५ रहेको छ । प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर) देउराली युथ क्लब (धनकुटा) नव जाग्रिती क्लब (बारा) चित्लाङ फुटबल क्लब (काठमाडौं) टाइगर्स टिम टिकाथली (दोलखा) जन जागृति युवा क्लब (बर्दिया) काक्रेविहार युथ क्लब (सुर्खेत) विजय स्पोट्र्स क्लब (कैलाली) हैरान्स क्लब (तनहुँ) लालीग्राँस एसोसिएसन क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"