एन्फा प्रेसिडेन्ट लिग : चित्लाङ एफसीको विजयी शुरुवात

Advertisement

हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित एन्फा प्रेसिडेन्ट लिग हेटौंडामा सुरु भएको छ । बुधबार हेटौंडा–६ गौरीटार रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले शानदार प्रदर्शन गर्दै देउराली युथ क्लब (देउराली) लाई ४–१ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

चित्लाङका लागि चन्दन कुमार दास ले ३२औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि लाहान सुब्बा (४७’), विज्ञान खड्का (४८’) र मदन स्याङ्तन (८८’) ले एक–एक गोल थप्दै फराकिलो जित सुनिश्चित गरे। देउरालीका रामचन्द्र वाजी ले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काएका थिए । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चित्लाङका जय गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकियो। सो खेलका प्लेयर अफ द म्याच लालीगुराँसका सुरज जंग ठकुरी घोषित भए र उनले पनि ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । एन्फा प्रेसिडेन्ट लिग लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म चल्नेछ । विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"