अन्तत:माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन प्रचण्ड र ओली सहमत

Advertisement

काठमाडौँ । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो ।

तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे केही उल्लेख गरिएको छैन । एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीतर्फ सरेको बुझिने नेताहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरे । यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यसअघि चार दलबिचको सहमतिमा रहेको उपाध्यक्ष पदबारे पछिल्लो सहमतिमा केही नबोलिएकाले शीर्ष नेताबिच राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीको भागमा परेको भनेर बुझ्न सकिने बताए ।

‘ठ्याक्कै यही हो भन्ने त मलाई जानकारी भइसकेको छैन । तर घटनाक्रम हेर्दा त्यस्तै बुझिन्छ’, पाण्डेले संकेत गर्दै भने, ‘त्यो तपाईँहरूले पनि बुझ्ने कुरा हो ।’ पाँच दलले गरेको सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् । जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने र राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । सोही अनुसार एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई मतदान गरिसकेको छ ।

यसअघि अध्यक्ष माधवकुमार नेपालले फेरिएको सत्ता समीकरणलाई समर्थन गर्नुपर्दा पावर सेयरिङमा आफू एक वर्ष प्रधानमन्त्री र कुनै प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएका थिए । नेता नेपाललाई मनाउन नसकिए वर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मौखिक रूपमा ग्रिन सिग्नल दिएकै कारण सात बुँदे सहमति बनेको नेताहरूको भनाइ छ । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच बालुवाटारमा भएको छलफलमा प्रचण्ड र ओली नेपाललाई प्रधानमन्त्री बनाउन लचक बन्दै ‘ग्रिन सिग्नल’ दिएका हुन् ।

‘ग्रिन सिग्नल दिएकैले सहमति भएको हो । नत्र उनीहरूलाई मात्र प्रधानमन्त्री बनाउन किन सहमति गर्न जरुरी थियो र ? माधव नेपाल निकट ती पदाधिकारीले भने, ‘सबै कुरा लिखित सहमति गर्नू राम्रो नहुने भएकाले पनि लिखत सार्वजनिक नगरिएको हो ।’उनका अनुसार मंगलबार बिहान बालुवाटारमा तीन नेताबिच भएको कुराकानीमा प्रचण्ड, ओली र नेपाल बाँकी अवधिमा १५ महिनाका दरले आलोपालो प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको हो । प्रतिनिधिसभाको कार्यकाल अब करिब ४५ महिना बाँकी छ । ‘अबको बाँकी समय तीन नेताबिच १५ महिनाका दरले प्रधानमन्त्री बन्ने सहमति भएको हो’, ती नेताले भने, ‘यसो गर्दा माधवजीलाई पनि न्याय नै हुन्छ भनेर ओली र प्रचण्डले भनेको कुरा आएको छ ।’ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सत्ता साझेदार दलको विश्वास जित्न उच्चस्तरको सहमति कायम गर्न तयार भएको बताए । उनले माधव नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली नै तयार भएको संकेत गर्दै उनले भने, ‘एमाले सहयात्री दलहरूको विश्वास जित्दै अगाडि बढ्न तयार छ । त्यसका लागि यो गठबन्धन जोगाउन र सरकारलाई सहज ढंगले अघि बढाउन मिल्नेसम्मका सहमतिमा विमति जनाउँदैन ।

‘तीन नेताबिच मिलेर जाने सहमति भयो’, आचार्यले रातोपाटीसँग भने, ‘यसअघि चार दलका नेताले हस्ताक्षर गरेको ८ बुँदे सहमति पुनर्लेखन र एकीकृत समाजवादीले उठाएका माग मुद्दा समेट्दै पाँच दलकातर्फबाट सार्वजनिक गर्न नेताहरू सहमत हुनुभएको हो ।’ तर आचार्यले नेता नेपाललाई प्रधानमन्त्री बनाउनेबारे कुनै सहमति भएको आफूलाई थाहा नभएको बताए । ‘प्रचण्ड र ओलीबिच पनि प्रधानमन्त्रीबारे कुनै लिखित सहमति भएको छैन । नेपालसँग पनि भएको त्यस्तै हो’, आचार्यले भने, ‘प्रदेशतर्फको पावर सेयरिङका सवालमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सत्ता साझेदार दलबिच छलफल गरेर टुङ्ग्याउने कुरा भएको छ ।’ यसअघि फागुन २१ मा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसहितको गठबन्धन बन्दा संसद्को बाँकी कार्यकाल प्रचण्ड र ओली दुई दुई वर्ष प्रधानमन्त्री बन्ने दुई नेताबिच सहमति भएको बताइएको थियो । तर फेरिएको सत्ता समीकरणमा नेता नेपालको पार्टी महत्त्वपूर्ण हुने भएपछि उनलाई फकाउन प्रधानमन्त्री प्रचण्ड र केपी ओलीले पटक पटक भेटवार्ता गरेका थिए । समाचार श्रोत : रातोपाटी डटकम

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"