विश्व आदिवासी दिवस, इतिहास, उद्देश्य र वर्तमान अवस्था

Advertisement

शुभराज भोम्जन

प्रस्तावना
प्रत्येक वर्षको अगस्ट ९ तारिख विश्वभरि आदिवासी समुदायले “विश्व आदिवासी दिवस” को रूपमा मनाउने गर्दछन् । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ । यस वर्षको अगष्ट ९ तारिख देखि ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गर्दैछ । यो दिवसले आदिवासी जनजातिहरूको पहिचान, संस्कृति, भाषा, भूमिका र योगदानलाई सम्मान गर्ने एउटा अवसर प्रदान गर्दछ। साथै, यस दिनले विगतमा भोगिएका अन्याय, दमन र बहिष्कार विरुद्ध आवाज उठाउँदै अधिकार सुनिश्चित गर्ने आन्दोलन लाई सशक्त बनाउने काम गर्छ । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ ।

ऐतिहासिक पृष्ठभूमि
विश्व आदिवासी दिवसको थालनी संयुक्त राष्ट्रसंघ को पहलमा भएको हो। सन् १९८२ मा संयुक्त राष्ट्रसंघको (Working Group on Indigenous Populations)  को पहिलो बैठक अगस्ट ९ मा बसेको स्मरणमा, सन् १९९४ मा राष्ट्रसंघको महासभाले अगस्ट ९ लाई (International Day of the World’s Indigenous Peoples ) को रूपमा घोषणा गरेको थियो ।त्यस समयदेखि हरेक वर्ष अगष्ट ९लाई बृहत् रूपमा विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आइएको छ ।

उद्देश्यहरू
विश्व आदिवासी दिवस मनाउनुको उद्धेश्यहरु थुप्रै रहेका छन् । जस अनुसार प्रमुख उद्देश्यहरू निम्न छन् :
-आदिवासी समुदायका अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु ।
-सांस्कृतिक, भाषिक र परम्परागत धरोहरहरूको संरक्षणमा ध्यानाकर्षण गराउनु ।
– राज्य तथा अन्तर्राष्ट्रिय तहमा आदिवासीहरूको राजनीतिक सहभागिता सुनिश्चित गराउनु ।
– शिक्षा, स्वास्थ्य, भूमि अधिकार, आर्थिक समानता आदि क्षेत्रमा भएका असमानताविरुद्ध चेतना फैलाउनु ।

आदिवासी जनताको अवस्था
विश्वमा झन्डै ४० करोडभन्दा बढी आदिवासीहरू छन्, जसले ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाएका छन् । आदिवासी सम्दायले ५ हजार भन्दा बढी फरक समुदाय र भाषाहरू बोकेका छन् । आदिवासीहरुको जीवनशैली, ज्ञान, तथा संस्कारहरूले मानव सभ्यताको मौलिक आधार निर्माण गरेका छन् । तर आज पनि धेरै आदिवासी समुदायहरू सीमित स्रोतसाधन, राज्यद्वारा उपेक्षा, भाषा गुमाउने खतरा, र सामाजिक बहिष्कार जस्ता समस्याबाट गुज्रिरहेका छन् । विश्वका गरिबीको तथ्याङ्कमा आदिवासीहरुले मात्र १५ प्रतिशत भन्दा बढी ओगटेका छन् । जस कारणले गर्दा आदिवासीहरुमा अझैपनि अनेकन समूयाहरु बिकराल रुपमा रहेका छन् । आदिवासीको अवस्था सुधार्नको लागि महत्वपूर्ण योजना तथा कार्यहरु गर्न आवश्यक रहेका छन् । विश्वभर आदिवासी जनसंख्या संख्यात्मक रूपमा धेरै भए पनि सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा धेरै पछाडि पारिएका छन्। यही कारणले गर्दा “विश्व आदिवासी दिवस” जस्ता दिवसहरू अझ महत्वपूर्ण मानिन्छन्।

नेपाल र आदिवासी समुदाय
नेपालको प्रमुख समुदाय भनेकै आदिवासी समुदाय हो । नेपाल निर्माणमा आदिवासी समुदायको प्रमुख भूमिका रहेको छ । नेपालमा आदिवासीहरुलाई राज्यद्वारा कानुन बनाएरनै दमन गरेको इतिहाँस रहेको छ । नेपालमा संविधानले आदिवासी जनजाति समुदायहरूलाई विशेष अधिकारहरू प्रदान गरे पनि व्यावहारिक पक्षमा अझै धेरै काम गर्न बाँकी छ । नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) लगायत विभिन्न संघसंस्थाहरूले सांस्कृतिक जागरण, भाषिक जागरण, राजनीतिक जागरण, अधिकारको सुनिश्चितता, र नीति निर्माण मा सक्रियता देखाइरहेका छन् । देश विदेशमा रहेका आदिवासी नेपालीहरूले पनि अगष्ट ९ को दिनमा विशेष कार्यक्रमहरू आयोजना गरी आफ्नो पहिचानप्रति गर्व व्यक्त गर्नुका साथै आदिवासी अभियानको पैरवी गर्दै आइरहेका छन् ।

अन्त्यमा
विश्व आदिवासी दिवस कुनै एउटा समुदायको मात्र पर्व होइन, यो मानवताको साझा उत्सव हो जहाँ हामी सबैले आदिवासीहरूको ऐतिहासिक योगदान, सांस्कृतिक वैभव, र जीवन पद्धतिको मूल्यलाई पहिचान गरेर समावेशी, न्यायपूर्ण र समान समाज निर्माण तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्नुपर्छ । यस दिवसमा सबैले ूपहिचान, सम्मान र समानताको पक्षमा एकताू को भावना बोकेर अघि बढ्न आवश्यक रहेको छ । असमानताको खाडललाई पुरेर न्याय र समानताको निम्ति सबैले पहल कदमी गर्न आवश्यक रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"