विश्व आदिवासी दिवस, इतिहास, उद्देश्य र वर्तमान अवस्था

Advertisement

शुभराज भोम्जन

प्रस्तावना
प्रत्येक वर्षको अगस्ट ९ तारिख विश्वभरि आदिवासी समुदायले “विश्व आदिवासी दिवस” को रूपमा मनाउने गर्दछन् । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ । यस वर्षको अगष्ट ९ तारिख देखि ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गर्दैछ । यो दिवसले आदिवासी जनजातिहरूको पहिचान, संस्कृति, भाषा, भूमिका र योगदानलाई सम्मान गर्ने एउटा अवसर प्रदान गर्दछ। साथै, यस दिनले विगतमा भोगिएका अन्याय, दमन र बहिष्कार विरुद्ध आवाज उठाउँदै अधिकार सुनिश्चित गर्ने आन्दोलन लाई सशक्त बनाउने काम गर्छ । संसारका थुप्रै देशहरुमा विश्व आदिवासी दिवस मनाइँदै छ ।

ऐतिहासिक पृष्ठभूमि
विश्व आदिवासी दिवसको थालनी संयुक्त राष्ट्रसंघ को पहलमा भएको हो। सन् १९८२ मा संयुक्त राष्ट्रसंघको (Working Group on Indigenous Populations)  को पहिलो बैठक अगस्ट ९ मा बसेको स्मरणमा, सन् १९९४ मा राष्ट्रसंघको महासभाले अगस्ट ९ लाई (International Day of the World’s Indigenous Peoples ) को रूपमा घोषणा गरेको थियो ।त्यस समयदेखि हरेक वर्ष अगष्ट ९लाई बृहत् रूपमा विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आइएको छ ।

उद्देश्यहरू
विश्व आदिवासी दिवस मनाउनुको उद्धेश्यहरु थुप्रै रहेका छन् । जस अनुसार प्रमुख उद्देश्यहरू निम्न छन् :
-आदिवासी समुदायका अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु ।
-सांस्कृतिक, भाषिक र परम्परागत धरोहरहरूको संरक्षणमा ध्यानाकर्षण गराउनु ।
– राज्य तथा अन्तर्राष्ट्रिय तहमा आदिवासीहरूको राजनीतिक सहभागिता सुनिश्चित गराउनु ।
– शिक्षा, स्वास्थ्य, भूमि अधिकार, आर्थिक समानता आदि क्षेत्रमा भएका असमानताविरुद्ध चेतना फैलाउनु ।

आदिवासी जनताको अवस्था
विश्वमा झन्डै ४० करोडभन्दा बढी आदिवासीहरू छन्, जसले ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति जनाएका छन् । आदिवासी सम्दायले ५ हजार भन्दा बढी फरक समुदाय र भाषाहरू बोकेका छन् । आदिवासीहरुको जीवनशैली, ज्ञान, तथा संस्कारहरूले मानव सभ्यताको मौलिक आधार निर्माण गरेका छन् । तर आज पनि धेरै आदिवासी समुदायहरू सीमित स्रोतसाधन, राज्यद्वारा उपेक्षा, भाषा गुमाउने खतरा, र सामाजिक बहिष्कार जस्ता समस्याबाट गुज्रिरहेका छन् । विश्वका गरिबीको तथ्याङ्कमा आदिवासीहरुले मात्र १५ प्रतिशत भन्दा बढी ओगटेका छन् । जस कारणले गर्दा आदिवासीहरुमा अझैपनि अनेकन समूयाहरु बिकराल रुपमा रहेका छन् । आदिवासीको अवस्था सुधार्नको लागि महत्वपूर्ण योजना तथा कार्यहरु गर्न आवश्यक रहेका छन् । विश्वभर आदिवासी जनसंख्या संख्यात्मक रूपमा धेरै भए पनि सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा धेरै पछाडि पारिएका छन्। यही कारणले गर्दा “विश्व आदिवासी दिवस” जस्ता दिवसहरू अझ महत्वपूर्ण मानिन्छन्।

नेपाल र आदिवासी समुदाय
नेपालको प्रमुख समुदाय भनेकै आदिवासी समुदाय हो । नेपाल निर्माणमा आदिवासी समुदायको प्रमुख भूमिका रहेको छ । नेपालमा आदिवासीहरुलाई राज्यद्वारा कानुन बनाएरनै दमन गरेको इतिहाँस रहेको छ । नेपालमा संविधानले आदिवासी जनजाति समुदायहरूलाई विशेष अधिकारहरू प्रदान गरे पनि व्यावहारिक पक्षमा अझै धेरै काम गर्न बाँकी छ । नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) लगायत विभिन्न संघसंस्थाहरूले सांस्कृतिक जागरण, भाषिक जागरण, राजनीतिक जागरण, अधिकारको सुनिश्चितता, र नीति निर्माण मा सक्रियता देखाइरहेका छन् । देश विदेशमा रहेका आदिवासी नेपालीहरूले पनि अगष्ट ९ को दिनमा विशेष कार्यक्रमहरू आयोजना गरी आफ्नो पहिचानप्रति गर्व व्यक्त गर्नुका साथै आदिवासी अभियानको पैरवी गर्दै आइरहेका छन् ।

अन्त्यमा
विश्व आदिवासी दिवस कुनै एउटा समुदायको मात्र पर्व होइन, यो मानवताको साझा उत्सव हो जहाँ हामी सबैले आदिवासीहरूको ऐतिहासिक योगदान, सांस्कृतिक वैभव, र जीवन पद्धतिको मूल्यलाई पहिचान गरेर समावेशी, न्यायपूर्ण र समान समाज निर्माण तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्नुपर्छ । यस दिवसमा सबैले ूपहिचान, सम्मान र समानताको पक्षमा एकताू को भावना बोकेर अघि बढ्न आवश्यक रहेको छ । असमानताको खाडललाई पुरेर न्याय र समानताको निम्ति सबैले पहल कदमी गर्न आवश्यक रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५०  लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थ...
कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँ...
गभर्नर पौडेलको लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

गभर्नर पौडेलको लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित...
नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

काठमाण्डौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी २०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"