हेटौंडामा क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार सहयोग
हेटौंडा/ हेटौंडा–१३/ निवासी स्तन क्यान्सर पीडित पातली माया थिङलाई ३ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
कालिका मावि हेटौंडा १३ व्यव्स्थापन समितिका अध्यक्ष महिला उद्यमी तथा सामाजिक अभियान्ता संगीता वाइवाको अगुवाइमा सञ्चालन गरिएको एक महिने सहयोग अभियानमार्फत संकलित रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित थिङलाई प्रदान गरिएको हो । वाइवाको सक्रियता र मानवीय संवेदनाबाट प्रेरित भएर सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ । कार्यक्रममा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामा, समाजसेवी फेन्चु रुम्बा लगायतको उपस्थित रहेको थियो ।
विगत पाँच वर्षदेखि पातली माया थिङको उपचारमा साथ दिँदै आएकी वाइवाले क्यान्सरको दीर्घकालीन उपचार खर्च थाम्न नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जाललाई माध्यम बनाएर सहयोगको अपिल गर्नु भएको थियो । उहाँका अनुसा...
