जब मेरो टिकटक फलोअर असंख्यक बढे !!

Advertisement

अहिलेको समयमा सामाजिक सञ्जाल प्रयोग नगर्ने को होला र ? सामान्यतया सामाजिक सञ्जाल सबैले प्रयोग गर्छन आफ्ना विचार,भावना तथा प्रतिक्रिया व्यक्त गर्ने माध्यम यहि टिकटक फेसवुक,युट्युब लगायत माध्यम बनेका छन । तपाइहरु टिकटक,फेसवुक लगायत सामाजिक सञ्जालमा कस्ता मान्छेहरुलाई साथि बनाउनु हुन्छ अथवा कस्ता मान्छेहरुलाई फलो गर्नुहुन्छ ? नेता,सेलिब्रेटी,कलाकार अथवा केहि नयां सिकाउने मान्छे वा अरु केहि ? एसको प्रतिकृया दिने जिम्मा तपाईं लाई नै छोड्छु अनि साथै तपाइको फेसवुकमा टिकटकमा एकाएक फलोअर बढे भने के गर्नुहुन्छ कसरी लिनिहुन्छ ? म आज यहि भोगाई लेख्दै छु ।

म रमाइलोको लागि टिकटकमा भिडियो बनाउथे मन परेका गीतमा आफ्ना सामान्य अभिनय भर्थे कहिलेकाहीँ किताबहरु पढ्दा पढ्दा बोरिङ हुदा टिकटकमा समय विताउने गर्थे । म कोरियन भाषाको तयारीमा थिए परिक्षा पनि दिय परिक्षामा पास पनि भएँ । एतिबेला सम्म मेरा घरपरिवार र साथिभाई बाहेक मलाई कसैले चिन्दैन्थे र यो देशले पनि चिन्दैन थियो कोरियाली रोजगार प्रक्रिया अन्तर्गत मेरो प्रक्रिया अगाडि बढ्यो र अन्तिम उडान सेडुवल पनि आयो म सबै तयारी पुरा गरेर एयरपोर्ट तिर लागे । म साथिभाई आफ्ना परिवार सबैको उपस्थितिमा म कोरियाको लागि विदाई भए विछोडका पलहरु भिडियो मार्फत विछोडकै गीतमा टिकटकमा राखे केहि फोटाहरु यादगारका लागि फेसवुकमा पनि राखे अनि मैले टिकटक र फेसबुक अफ गरेर कोरिया उडे अर्को बिहानै कोरिया पुगे केहि समयमा टेर्निङ सेन्टरमा पुगे त्यहा इन्टरनेटको व्यवस्था रहेछ मोवाइलमा नेट राखेर आफ्नो फेसवुक र टिकटक अन गरे झसङ्ग भए टिकटक फलोअर अत्याधिक बढेको देख्दा । मेरो पहिला टिकटक फलोअर २ हजार जत्ति थियो । कोरिया पुगेर टिकटक खोल्दा एकैचोटि फलोअर ८ हजार पुग्यो । फेसबुकमा पनि साथि बन्नको लागि थुप्रै अनुरोधहरु आए धेरैले टिकटक र मेसेन्जरको इन्वसमा सुभ यात्रा लेखेको थियो । एत्ति मेसेज थिए कि मैले एकएक गरि रिप्लाई नै गर्न सकेन ।

अनि ट्रेनिङ सेन्टरमा साथिहरु विचका रमाइला र जमघटका बेला खुसिले फेरि टिकटक बनाए मेरो त्यो अभिनय र भिडियो झनै भाइरल भयो कम्पनी पुग्ने बेला सम्म मेरो टिकटक फलोअर १५ हजार पुगिसकेको थियो । फेसबुकमा पनि त्यहि अनुसारले साथिको लागि अनुरोध आइरहेको थियो । कतिपय साथिहरुले त उडान यात्रामै टिकटक साथि बनौ न भने कति टेर्निङ सेन्टरमा बने । कम्पनी पुगेर केहि दिन पछाडि बजार र मार्ट गएको भिडियो टिकटकमा राखे मेरो त्यो भिडियो पनि अत्याधिक भाइरल भयो भन्दा भन्दै मेरो टिकटक फलोअर २५ हजार नाघिसकेको थियो । एति धेरै फलोअर बढेपछि ममा हौसला आयो म कोरियामै रहेर टिकटक लाइभ बसे मेरो फलोअर अझै बढ्दै गयो । मेरा प्रत्येक गीतमा गरेको अभिनय र त्यसका भ्युजहरु उच्चरुपमा जान थाले मलाई नयाँ नयाँ भिडियो बनाउने जागर चल्यो । कहिले काम गरेको भिडियो कहिले घुमेको भिडियो अहिले मेरो टिकटक फलोअर एक लाख क्रश भएको छ । विगत डेढ बर्ष अगाडि कोरिया आएकि एकजना महिलाले मलाई भनेको एक अंश ।

उनले अझै थपिन मलाई फ्लो गर्ने मान्छेहरुले फेसवुकमा खोजिखोजि साथि बन्नको लागि अनुरोध पठाए । मेरो फेसवुक फलोअर पनि बढ्यो र दिनदिनै धेरै मान्छेका म्यासेज पनि आउन थाले । हेलो हाई के छ खबर,खाना खानुभयो ? कता हो काम गर्ने,कस्तो काम हुदै छ लगायत यति मान्छेले म्यासेज गर्थेकि रिप्लाई गर्न सामथ्र्यनै थिएन । फेसुबकमा पनि धेरै म्यासेज आउन थाले मैले नचिनेका नजानेका मान्छेहरुका रिप्लाई पनि कसरी गर्नु अन्तिममा फेसबुक लक गरे उता टिकटकमा त हजारौ म्यासेज पेन्डिङमा छन् । केहि म्यासेज रिप्लाई पनि गरे सबैका उस्तै खालका म्यासेज आउने भएकाले अन्तिममा रिप्लाई गर्न नि छोडे । एक दिन आफ्नो जातको मान्छेले टिकटकमा बैनि भनेर म्यासेज गेरे अन्तिममा फोन नम्बर मागे त्यसको केहि दिन पछाडि भेटौ पनि भने मैले जानेको चिनेको थिएन कसरी भेट्ने ? अन्तिममा उनले मलाई केके अविश्वासी भन्न थाले मैले ब्लक गरिदिए । दिनमा तिन सय भन्दा धेरै टिकटकमा म्यासेज आउन थाले मलाई हैरानि भयो अन्तिममा टिकटक म्यासेज पनि बन्द गर्न वाध्य भइयो । मान्छेहरु को कस्ता बुझनै सकेन ।

यो एकजना कोरियामा काम गरिरहेकि चेलिको अनुभव हो । रोजगारको सिलसिलामा कोरिया आउदै गरेकि एकजना चेलि प्रति मान्छेका आकर्षण अस्वभाविक पुरुषका महिला प्रतिका आकर्षण एक हदले ठिक पनि होला तर हदले त्यो नाजायज पनि हुन जान्थो जसको अन्तिम सत्य भेटौ,रमाउ लगायत लगायतका हुन्थो । यसै सिलसिलामा एउटा भनाइ पनि उठान गर्न सान्दर्भिक ठाने एकजना ५५ वर्षिय फ्रानको सायर लेख्छिन् “सोसल मिडियामा साँचो प्रेम र सम्बन्धको कुनै कदर नरहेको र भविष्यमा एकदिन सोसल मिडियाले साँचा प्रेमलाई समाप्त गरिदिने उनी बताउँछिन् ।”
बाकि क्रमश अर्को अंकमा ।।

लेखक: अजय सोडारी हाल  दक्षिण कोरिया ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"